Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

विजयनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान दिप प्रज्वलन गरि सुरु

राम प्रघट कोरी
कपिलवस्तु ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको दोस्रो दिन विजयनगरमा दिप प्रज्वलन गरि सुरु गरिएको छ । १६ दिने अभियानलाई आज गाउँपालिकाको वडा नं. ५ पिपरीमा दिप प्रज्वलन गरेर सुरु गरिएको हो ।

कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सबैले घरपरिवार, गाउँ, कार्यालय लगायत सवै ठाउँलाई लैंगिक हिंसारहित बनाउन आग्रह गर्नु भयो । सबैको अधिकारको सम्मान गर्दै जाने हो भने हिंसा कम हुँदै जाने कुरामा जोड दिनु भयो ।

हिंसा विरुद्ध आवाज उठाउँदै जानुको साथै आफ्नो ठाउँबाट प्रतिबद्धता समेत अनुरोध गर्नु भयो । सबै ठाउँमा लैंगिक हिंसा बिरुद्धका अभियान चलाउनु पर्ने बताउँदै आम नागरिकलाई ससचेत बनाउनु पर्ने बताउनु भयो ।

त्यस्तै विजयनगर स्वास्थ्य शाखाकी सिनियर अ।न।मी। कौशिला घिमिरेले हामी आफै सचेत हुनुपर्ने बताउनु भयो । यसरी नै लैंगिक हिंसा छिटै कम हुने बताउनु भयो ।

विजयनगरका रहेका विभिन्न संघ संस्था, गैर सरकारी संस्था, राजनैतिक दल लगायतको सहभागितामा दिप प्रज्वलन गरिएको हो । यो वर्ष “लैंगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।
कार्यक्रम विजयनगर महिला सञ्जालकी सचिव सुन्दरी खत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष गोपाल थापाको प्रमुख अतिथ्यता, समाजिक विकास शाखा अधिकृत बासुदेव जमर कट्टेलको विशिष्ट अतिथ्यतामा भएको थियो भने विजयनगर महिला सञ्जालकी सदस्य प्रमिला पौडेलको सञ्चालनमा सुरु भएको थियो ।

विजयनगर गाउँपालिका, इन्द्रेणी ग्रामिण विकास केन्द्र, विजयनगर महिला सञ्जालको संयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध अभियान शुरु हुने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP