Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

लमजुङको पाउँदीमा बस दुर्घटना : एक जनाको ज्यान गयाे, ६ जना घाइते

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ७ पाउँदीमा बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएकाे छ । लमजुङ बेसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवाहक बस आइतबार बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट पाउँदी खोलामा खस्दा घाइते महिलाको सुन्दरबजार कर्मदा अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे भएको हो । ज्यान गुमाउने महिलाको पहिचान खुल्न सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख छवबहादुर घर्तीका अनुसार बस दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारका लागि चितवन मेडिकल कलेज, एक जनालाई आबुखैरेनी र एक जनालाई कर्मदा हस्पिटल सुन्दरबजार पठाइएको छ । उनीहरुको पनि पहिचान खुल्न सकेको छैन ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएका हुन् ।

बस चालक तनहुँ भन्सारका कृष्ण आलेलाई प्रहरीले आफ्नाे नियन्त्रणमा लिइएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP