Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्रतिवेदन भन्छ : आयल निगमले धेरै नाफा खाँदा हवाइ भाडा महँगो भयो

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हवाइ भाडा समायोजन सम्बन्धमा गठन गरेको कार्यदलले नेपाल आयल निगमले हवाइ इन्धनमा अत्याधिक नाफा लिइरहेको निष्कर्ष निकालेको छ ।

नेपाल भ्रमण वर्ष मनाउने क्रममा स्वदेशी र विदेशी हवाइ यात्रुबीच समान भाडा कायम गर्ने, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सुविधा दिने, इन्धनको मूल्य घटाउने र अन्तर प्रदेश हवाइ उडान सुरु गर्ने सम्बन्धमा बनेको कार्यदलले नेपालमा हवाइ भाडा महँगो हुनुको मुख्य कारण महँगो हवाइ इन्धन नै भएको बताएको छ । 

भारतीय आयल कर्पोरेशनबाट किनेको मूल्यमा नेपाल आयल निगमले अधिक नाफा खाएर हवाइ कम्पनीलाई इन्धन बेचेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएमा हवाइ भाडा पनि घट्न सक्ने प्रतिवेदनमा जनाइएको छ ।

हवाइ इन्धनकै कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परिरहेको आरोपबाट मुक्त हुन पनि हवाइ इन्धनको भाडा घटाउनुपर्ने देखिएको प्रतिवेदको सुभाव छ  ।

प्रतिवेदनका अनुसार निगमले हवाइ इन्धनमा प्रतिलिटर ४२ रुपैयाँ नाफा राख्दै आएको छ । स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्न पनि कार्यदलले सुझाव दिएको छ । यस्तै अध्ययन गर्दाको बखत आयल निगमले उपभोक्तालाई सस्तो मूल्यमा इन्धन दिने नाममा १५ दिनमा ११ करोड रुपैयाँ घाटा खाएको तर हवाइ इन्धनबाट भने ३ करोड नाफा कमाइरहेको कार्यदलको ठहर छ ।

कार्यदलले ग्याँसमा उपभोक्तालाई दिएको सहुलियत काटेर इन्धनको नाफा घटाउन पनि सुझाव दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP