Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सफलतापूर्वक साग आयाेजना गरेर नेपालले सबैलाई चकित बनायाे

काठमाण्डाै – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले दक्षिण एसियाली खेलकुद प्रतियाेगिताकाे सफलतापूर्वक सम्पन्न गरेर सबैलाई चकित बनाएको प्रतिक्रिया दिनु भएको छ । 

सोमबार ओलम्पिक कमिटीले १ औं सागको सम्झनामा प्रकाशन गरेको आवरण चित्रको सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेपालले साग खेलकुद आयोजना गरेर चकित बनाएको उहाँले प्रतिक्रिया दिनुभयो ।

प्रतियोगिता सुरु हुनु १ महिनाअघि आएको प्राविधिक टोलीलगायतका पर्यवेक्षकहरुले भौतिक पूर्वाधारको अवस्थाले हुन सक्दैन कि भनेर आशंका व्यक्त गरेको उहाँले बताउनुभयो । ‘तर खेल सुरु हुनु अगाडि आएको त्यही प्राविधिक टोलीले हाम्रो तयारी र काम देखेर तीन छक्क पर्‍याे’, उहाँले बताउनुभयो । साथै साग प्रतियोगिताको सफलतापूर्वक सम्पन्न भएकोमा समेत सबैले प्रशंसा गरेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले प्रतियोगिताको समयमा भएका साना कमजोरी सिकाइको रुपमा लिँदै आगामी दिनमा सच्चिँदै जाने पनि बताउनुभयो । 

१३औं साग प्रतियोगिता मंगलबार एक विशेष कार्यक्रमका बीच सकिँदै छ । यस्तै नेपाल ओलम्पिक कमिटीले यो प्रतियोगिताको सबै खेलहरुको प्रतीक चिन्ह रहेको आवरण चित्र पनि सार्वजनिक गरेको छ ।

१३औं साग प्रतियोगिता नेपालका लागि एतिहासिक र स्मरणयोग्य भएकोले आवरण चित्र बनाइएको ओलम्पिक कमिटीले बताएको छ । यस्तो आवरण चित्र सार्वजनिक रुपमा खाम, चित्र टिसर्ट, विभिन्न आवरण पत्रहरुमा प्रयोग गर्न सकिन्छ ।  यसरि आवरण चित्र बनाइ प्रयोगमा ल्याइएको साग इतिहासमा भने पहिलो हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP