Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिवराजको शिवपुरमा सार्वजनिक सुनुवाई !!

सनिउल्ला धोबी, कपिलवस्तु पुष ४,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा रहेको शिवपुर स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । दिगो मार्यादित सामाजिक आर्थिक सशक्तीकरण भन्ने नारा सहित स्वास्थ्य चौकी भवन शिवपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा वडा अध्यक्ष जगत बहादुर जिसी रहनु भएको थियो । अन्य अतिथिहरुमा कार्यपालिका सदस्य लक्ष्मी हमाल, टिका वि.क, वडा सदस्य भिखु थारु, स्वास्थ्य चौ्की व्यवस्थापन समिति उपाध्यक्ष भगवती केसी, स्वास्थ्य चौकी सदस्य गंगा घर्ती मगर, चनई स्वास्थ्य चौकीका प्रमुख जित बहादुर वि सी, किर्डाक नेपालको सामुदायिक विकास सहजकर्ता विनोद केवट, आसा सञ्जालको सचिव विशेक खडका, सहजकर्ता इन्दु चौधरी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । स्ट्रोम फाउण्डेश, किडार्क नेपालको सहयोग, आशा सञ्जालको समन्वय र शिवपुर स्वास्थ्य चौकी शिवपुरको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो ।सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन, निशुक औषधी वितरण, सिनेटरी प्याड लगायतको विषयमा प्रश्ना उठेका थिए । आसा सञ्जालका किशोरीहरु, स्थानिय भद्रभलादमी, महिला समुह, बाल कल्व, युवा कल्बका अधिकांस पदाधिकारीले प्रश्ना सोधेका थिए । उठेका प्रश्नाको जवाफ स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेल, वडा अध्यक्ष जगत बहादुर जिसीले जवाफ दिएका थिए । सो कार्यक्रममा वडा नं १ को भलुही, शिवपुर, उमरी, बनकासवासा लगायत गाउको स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP