Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मध्यरातमा दैलेखकाे ठाँटीकाँध गाउँपालिका अध्यक्ष र श्रीमती अपहरणमा

दैलेख – ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी श्रीमती इला शाही अपहरणमा पर्नुभएको छ । 

उहाँहरुलाई विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति वडा नम्बर २ को सेरीपाटामा रहेको घरबाट अपहरण गरेकाे प्रहरीले आशंका गरेकाे छ । पक्राउ पर्नुभएकी शाही पत्नी इला त्यही ठाउँको कृष्ण मावि लकान्द्रकी प्रधानाध्यापक हुनुहुन्छ । 

राति साढे १२ बजेतिर १५ जनाभन्दा बढीको समूहमा हतियारसहित आएका समूहले गाउँपालिका अध्यक्ष र उहाँकी पत्नीलाई अपहरण गरेको प्रहरीले जनाएको छ । 

त्यसअघि विप्लव नेतृत्वकाे नेकपाले गाउँपालिका अध्यक्षका भाइ शिक्षक हस्तबहादुर शाहीलाई पनि एक घण्टा टाढा रहेको भाँटीचौर पुर्‍याएर छोडेका थिए ।  

अध्यक्ष दम्पतीको अपहरण भएको भन्नेबारे जानकारी आएको र उद्धारको लागि सुरक्षा रणनीति बनाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

प्राप्त सूचनाअनुसार अपहरणपछि अध्यक्ष दम्पतीलाई विप्लव समूहले बिसला हुँदै कालिकोटको शुभकालिका गाउँपालिकाको भर्ता पुर्‍याएको छ । विप्लव समूहले कालिकोटलाई ‘आधार इलाका’ भन्ने गरेको छ ।

गाउँपालिकाको बजेट दुरुपयोगमा अध्यक्ष दम्पतीकै संलग्नता रहेकोले सचेत गराउन मात्र अपहरण गरेको नेकपा समूहको दाबी छ । 

विप्लव समूहले गएको वर्ष नै दैलेखका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन पत्र लेखेको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP