Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दैलेख अपहरण : श्रीमती सम्पर्कमा, गाउँपालिका अध्यक्षकाे अवस्था अज्ञात

दैलेख – विप्लव नेतृत्वकाे नेकपा कार्यकर्ताले दैलेखबाट अपहरण गरेका गाउँपालिका दम्पतीमध्ये इला शाही सम्पर्कमा आउनुभएको छ ।

इलाले कालीकोटबाट फोन गरेको तर उहाँले आफूलाई नेकपाले नछोडेको बताउनुभएको आफन्तले बताएका छन् । उहाँले आफू कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा रहेको पनि जानकारी गराउनुभएको छ ।

उहाँका श्रीमान् ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकाे अवस्था भने अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ । शाही दम्पतीसहित धीरबहादुर शाहीका भाइ हस्तबहादुरलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार बेलुका अपहरण गरेर एक घण्टापछि छाेडेका थिए ।

भाइलाई हिजै बेलुका छाडेपनि दुई जनालाई भने अहिलेसम्म नछोडेको दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिनुभयो । इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ।

अपहरणमा परेका शाही दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई विप्लब नेतृत्वको नेकपाले पहिला पनि चेतावनी पत्र दिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP