Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

त्रास फैलाउन जनकपुरमा ‘नक्कली बम’

धनुषा – जनकपुरमा विभिन्न चार स्थानमा शंकास्पद बस्तु फेला परेको दोस्राे हप्तामै नक्कली बम राखिएकाे छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ नेपाल राष्ट्र बैंक र  संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रबारी बजार अगाडि फेला परेको शंकास्पद बस्तु नक्कली बम रहेको पुष्टि प्रहरीले गरेको छ ।

आइतबार राति १२ बजेदेखि नै देखा परेको नक्कली बमलाई धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको टोलीले बिहान साढे ९ बजे डिस्पोज गरेका हुन् । जिल्ला प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दिएको जानकारीअनुसार तर्साउनलाई बम जस्तै तार झुण्ड्याइएकाे पुत्लाको डेन (टाउको) रहेको थियो ।

डिस्पोज गर्दा त्यसमा केही हाडका टुक्रा र त्यसमा तारहरु झुण्डिएको फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । स्थानीय नागरिकलाई त्रास फैलाउन कुनै समूहले यस्तो कार्य गरेको हुन सक्ने बताउँदै उहाँले अनुसन्धान भइरहेको बताउनुभयो 

शंकास्पद बस्तु रहेको ठाउँमा प्रहरी परिचालन गरी घेरा दिएर आउने जाने सर्वसाधारणलाई रोक लगाइएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP