Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

वीरगञ्ज नाकाबाट घट्यो मुख्य वस्तुको निर्यात

वीरगञ्ज, गतवर्ष वीरगञ्ज नाकाबाट निकासी हुने मुख्य वस्तुको सूचीमा रहेका अधिकांश उत्पादनको निर्यात यो वर्ष घटेको छ । चालू आर्थिक वर्ष २०७७र७८ मा यस्ता वस्तुको निकासी घटेको हो ।

गत आर्थिक वर्ष २०७६र७७ मा निकासीको सूचीको पहिलो स्थानमा रहेको प्रशोधित पाम आयल यो वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा निकासीको सूचीबाटै हटेको छ । यो उत्पादन निकासी हुने मुख्य २० वस्तुको सूचीमा पनि छैन । गतवर्ष नेपालबाट भारतमा रू। १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो ।

वीरगञ्ज नाकाबाट मात्रै रू। ११ अर्ब ७२ करोड मूल्यबराबरको १ लाख ७ हजार मेट्रिकटन ९मेटन० पाम आयाल निकासी भएको तथ्यांक वीरगञ्ज भन्सारसँग छ । वीरगञ्ज क्षेत्रमा १४ ओटा ठूला उद्योगले तेल उत्पादन गर्दछन् ।

भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखयता निकासी रोकिएको छ । पाम आयल निर्यात गर्न नपाएका उद्योग सोयाबिनको प्रशोधित तेल निकासीमा केन्द्रित भएको ओसीबी फुडका सञ्चालक सुरेश रुङ्गटाले बताए । ‘पाम आयल निकासीलाई लक्षित गरेर यो क्षेत्रका अधिकांश उद्योगले क्षमता विस्तार गरेका थिए । लगानी डुब्ने चिन्तामा डुबेका उद्यमीलाई सोयाबिन तेल निकासीले केही राहत दिएको छ,’ रुङ्गटाले भने ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर अन्त्यसम्ममा रू। ९ अर्ब १० करोडबराबरको ६३ हजार १०१ मेट भटमासको प्रशोधित तेल निर्यात भएको छ । भटमासको तेल निकासीको शीर्ष स्थानमा रहेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । गतवर्षको समीक्षा अवधिमा करीब रू। २ अर्बको १४ हजार ९२४ मेटन यस्तो तेल निर्यात भएको जानकारी सुकमनीले दिए ।

यो नाकाबाट निकासी हुने मुख्य वस्तुमा रहेको जुस र स्पोर्टस सुजको निर्यात पनि खस्किएको वीरगञ्ज भन्सारले बताएको छ । चालू वर्षमा निकासीको दोस्रो स्थानमा रहेको जुसको निकासी मूल्यका आधारमा ६ प्रतिशतले घटेको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP