Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चन्द्रौटामा रिटर्नी माइग्रेंटको जिल्ला सम्मेलन रिटर्नीको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन

कपिलवस्तु
बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको साझा संस्था रिटर्नी माइग्रेंट नेपाल कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । अधिवेशनले प्रेम सुनार अध्यक्ष रहेको १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्षमा राम प्रसाद अधिकारी, सचिव रमेश कुमार पान्डे, सह सचिव हरि बहादुर महत क्षेत्री, कोषाध्यक्षमा शंकर केसी सर्वसम्मत चयन भएका छन् । यसैगरी रिटर्नी माइग्रेंट नेपालको जिल्ला कार्यसमिति सदस्यहरुमा सूर्य बहादुर क्षेत्री, दुर्गा प्रसाद बेलबासे, गोबिन्द प्रसाद पन्थी, बिबेक क्षेत्री, दिपेन्द्र कुमार सुनार, मनिराम सुनार, टुप बहादुर सुनार र मोहन पाण्डेय चयन भएको बताइएको छ ।
प्रथम अधिवेशनमा बोल्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले विदेशबाट फर्केका युवाहरु नेपालमा लागनी गर्न प्रचुर सम्भावना रहेको बताए । उनले नेपालको जुनसुकै क्षेत्रमा लगानी गरेपनि लगानी सुरक्षित हुने बताए । विदेशमा बगाएको पसिनालाई नेपालमा सिंचित गरे राम्रो प्रतिफल प्राप्त गर्न सकिने उनले दाबी गरे ।
कार्यक्रममा शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले विदेशबाट फर्किएका युवाहरुलाई व्यवस्थापन गर्नका लागि विशेष योजना ल्याउने उद्घोष गरे । नगरप्रमुख अधिकारीले नगरपालिकाबाट विभिन्न शीर्षकमा अनुदान छुट्टाएकोले माग गरी अगाडि बढन आग्रह समेत गरे ।
रिटर्नी माइग्रेंट नेपालका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले राज्यले विदेशबाट फर्किएका जनशक्तिलाई नेपाल सरकारले राम्रो व्यबहार नगरेको गुनासो गरे । अध्यक्ष अधिकारीले रिटर्नी माइग्रेंट नेपालले हाइड्रोपावर निर्माण, कृषि लगानी, होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्नका लागि योजनाका साथ आगाडि बढेको जानकारी दिए ।
प्रथम जिल्ला भेलामा कपिलवस्तुका अधिकांश बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सहभागिता रहेको थियो । भेलामा बोल्ने अधिकांश वक्ताहरुले युवाहरुलाई सरकारले व्यवस्थापन गर्न जोडदार माग गरे । कार्यक्रममा प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद भुसाल, महासचिव सचिव प्रकाश पौडेल, डि.एल शर्मा, केशव शर्मा, नेत्र थनेत लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP