Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बाजुराका १ सय बालबालिकाले खाेप लगाउन पाएनन्

बाजुरा –  बाजुराका पूर्वाेत्तरका चार वटा पालिकाका बालबालिकालाई खाेप दिन काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएकाे रिफ्रेजेनेटर बिग्रँदा खोप सेवा प्रभावित भएको छ ।

पुसकाे पहिलो हप्ता सञ्चालन भएको खोप सेवा तीन वटा पालिकामा सञ्चालन भए पनि हिमाली गाउँपालिकामा भने खोप सेवा सुरु नै भएन । ‘हाम्रोमा भ्याक्सिन राख्ने फ्रिजले आइस बनाउन सकेको छैन, जसले गर्दा भ्याक्सिन सुरक्षित हुँदैन र यो नबनाउँदासम्म खोप सेवा सञ्चालन गर्न सकिँदैन’ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख ओमजङ्ग शाहीले भन्नुभयाे । 

रिफ्रेजेनेटर बिग्रेको कुरा जिल्लामा भनेकाे र केन्द्रीय मेडिकल स्टोरका प्राविधि आएपछि मात्र बन्ने उहाँले बताउनुभयाे । यस क्षेत्रमा हरेक वर्ष केही न केही बहानामा बालबालिकाले खोप सेवा पाउँदैनन् ।

‘गाउँपालिकाकाे ६ र ७ नम्बर वडाका एक सय बालबालिका छुटेका छन् । उनीहरुले पुस महिनामा पाउनुपर्ने सबै किसिमका खोपहरु पाएका छैनन्’, हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले भन्नुभयाे ।  

भण्डारी बताउनुहुन्छ, ‘हिमाली गाउँपालिकामा खोप भण्डारण गर्न आवश्यक रिफ्रेजेनेटर चलाउन सक्ने विद्युतीय स्राेत नभएको र बाजुरा जिल्लाका पहिलेका उत्तरी क्षेत्रमा रहेका ११ गाउँ विकास समितिको लागि भ्याक्सिन कोल्टी प्राथमिक केन्द्रमा स्टोर गर्ने गरेको र रिफ्रेजेनेटर बिग्रिएकोले यस्तो समस्या आएको हो ।’

उहाँ भन्नुहुन्छ, ‘खाेप सेवा अति नै संवेदनशील सेवा भएकाले यो महिना खोप लगाउन छुटेका सबै बालबालिकालाई अर्को महिनाको खोप क्लिनिक सञ्चालन गर्दा खोप सेवा दिने व्यवस्था मिलाउने छौँ । हामीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा खोपसँगै स्वास्थ्यकर्मी पठाएका थियौँ तर भ्याक्सिन कोल्डचेन मेन्टेन नभएको कारण जोखिमता नलिने निर्णय गरी यो महिनाको खोप सेवा स्थगन गरिएको हो  ।’

भ्याक्सिन स्टोरेज गर्न २४ सैँ घन्टा कोल्डचेन मेन्टेन गर्नुपर्ने हुन्छ । यस्को लागि २५ डिग्रीसम्मको तापक्रम कायम राख्न सक्ने क्षमताको रेफ्रेजेनेटर र त्यहीअनुसारको विद्युत् अथवा सोलार पावर आवश्यक हुन्छ ।

तर यसकाे लागि पालिकासँग स्राेत नभएको र प्रदेश सरकार तथा सङ्घीय सरकारसँग सहयोग मागे पनि कसैले चासो नदेखाउँदा यस्ताे भएकाे पालिकाकाे दाबी छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP