Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कुटपिट गरेका सांसद अभिषेख शाहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

कपिलवस्तुका युवा नेता तथा भोजपुरी फिल्मका अभिनेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेका सांसद अभिषेख शाहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले ज्यानमार्ने उदेश्यले कुटपीट गरेको भन्दै मुद्धा दर्ता गरेको हो । मुद्धा दर्तासंगै प्रहरीले अदालत समक्ष जानकारी गराउने र अदालतको आदेश पछि पक्राउ पूर्जीजारी हुने कानुनी प्रावधान अनुसार पूर्जी जारी भएको हो । प्रहरी नायव उपरिक्षक सुनिल मल्लले सांसदशाहले ज्यानमार्ने उदेश्यले कुटपीट गरेको देखिएकाले प्रहरीले मुद्धा दर्ता गरेको वताउनु भयो । मुद्धा दर्ता भएपछि पक्राउ पूर्जि जारी हुने काम भएको उहाको भनाइछ । सांसद शाहले पटकपटक विभिन्न काण्ड मच्चाएपनि उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको यो पहिलो पटक हो । माननीयको आवरणमा उनी सधैव संरक्षित हुदै आएका थिए । तीनपटक सांसद बन्दा ३वटा दल बदलेका शाह पछिल्लो पटक नेपाली कांग्रेसका तर्फवाट सांसद वनेका छन् ।साहले राप्रपाका जिल्ला नेता एवम भोजपुरी फिल्मका अभिनेता मिश्रलाई आफ्ना डा्रइभर मार्फत घरमा वोलाई निर्घात कुटपीट गरेर घाइते तुल्याएका थिए ।कुटपीट पछि गाडीमा राखेर बीच सडकमा लगेर छाड्न आफ्ना डाइवरलाई भनेका थिए । गंभिर घाइते मिश्रको उपचार बुटवलमा भएको थियो । कुटपिट पछि अभिषेख प्रताप शाहले मुखमा रक्सी हालेर पेस्तोल ताक्दै तेरो ज्यान लिन सक्छु भनेको मिश्राका दिमागमा घुमि रहेको छ । पुस ५ गते साझ ५ वजे घटना भएको मिश्रले वताउनु भयो । उनले घटना मोड्न अभिनेता मिश्रले मादक पदार्थ सेवन गरी झगडा गर्न आएको दावि गरेका थिए । यसैगरी टुनामुना लगाउने उदेश्यले आफ्नो अण्डरवयरलाई १० हजार दिएर डाइवरसंग किन्न खोजेकोले विवाद भएको हास्यास्पद तर्क वाहिर ल्याएका थिए । यता सांसद शाह विरुद्ध र ईलाका प्रहरी कार्यालय कृष्णनगरमा मुद्धा दर्ता गर्न खोज्दा प्रहरीले मानेको थिएन । तत पश्चात विभिन्न अधिकारकर्मीृहरुले घटनाको अध्ययन गरी जिल्ला प्रहरीमा निबेदन दर्ता गराउन आग्रह गरेका थिए । सांसद शाहको गलत कार्यका विरुद्ध कृष्णनगरमा दिनहु जसो प्रदर्शन र यातायात बन्दका घटना निरन्तर वढ्दै जादा प्रहरी अनुसन्धानले समेत ज्यानमार्ने उदेश्य प्रष्टीएपछि वाध्य भएर प्रहरीले शाह विरुद्ध मुद्धा दर्ता गरेको हो । मुद्धा दर्ता हुने थाहा पाएका सांसद शाहले कृष्णनगर छाडेका छन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP