Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

हवाई आक्रमणमा ईरानकाे कुद्स फाेर्सका प्रमुख साेलेमानीकाे ज्यान गयाे

काठमाण्डौ – ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा ज्यान गएको छ । 

यो आक्रमणको जिम्मा अमेरिकाले लिएको छ । यो आक्रमणमा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल– मुहान्दिसको पनि ज्यान गएको छ । हवाई आक्रमणमा प्रमुख साेलेमानीसँगै आठ जनाकाे ज्यान गएकाे छ । 

अमेरिकी रक्षा विभागको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाको लागि कासिम सोलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’

‘यो हवाई आक्रमण भविष्यमा ईरानी आक्रमणलाई रोक्ने उद्देश्यका साथ गरिएको हो । अमेरिका जहाँ भए पनि ऊ आफ्नो नागरिकको रक्षाको लागि आवश्यक कारबाही गर्न सधैँ तयार छ’, बयानमा भनिएको छ । 

यद्यपि सोलेमानको निधन मध्य–पूर्वसँग जोडिएको एक ठूलो घटनाको रुपमा बताइएको छ । साथै ईरान र यसको समर्थित मध्य–पूर्व शक्तिले अब इसरायल र अमेरिकाविरुद्ध जवाफी कारबाही गर्न सक्ने बताइएको छ । 

गएको आइतबार अमेरिकाले पूर्वी सिरिया र पश्चिमी इराकमा रहेको कताइब हिजबुल्लाह सङ्गठनको इलाकालाई निशाना बनाएको थियो । जुन घटनामा कम्तीमा २५ जना लडाकु मारिएका थिए । 

यो घटनापछि सोमबार इराकी प्रधानमन्त्री आदिल अब्दुल महदीले अमेरिकी हवाई आक्रमण उसको देशको सम्प्रभुताको उल्लङ्घन भएको र अमेरिकासँगको सम्बन्धको बारेमा समीक्षा गर्ने बताएका थिए । 

यता कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहान्दिसले इराकमा रहेको अमेरिकी सुरक्षा बललाई गतिलो जवाफ दिने बताएका थिए । 

यसपछि मङ्गलबार बगदादमा रहेको अमेरिकी दूतावासमा प्रदर्शनकारीहरुले आक्रमण गर्नुका साथै अमेरिकी राष्ट्रपतिले यो घटनामा ईरानलाई जिम्मेवार ठहराएका थिए । 

सुलेमानीलाई पश्चिम एसियामा ईरानी गतिविधि चलाउने प्रमुख रणनीतिकार मानिन्थयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP