Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चालकले अब चप्पल लगाउन नपाउने, गाडीमा लेखिएका ‘स्लोगन’ र ‘कोटेसन’ मेट्नुपर्ने

काठमाण्डाै – सरकारले सबै प्रकारका गाडी चलाउँदा अनिवार्यरुपमा जुत्ता लगाउन अनुरोध गरेको छ ।

चप्पल लगाएर गाडी चलाउँदा चप्पलको फित्ता अड्किएर दुर्घटना बढेको पाइएकाले सबै प्रकारका गाडी चलाउँदा जुत्ता लगाउन अनिवार्य गरिएको यातायात व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता तीर्थराज खनालले बताउनु भयो । 

उहाँले गेयर, क्लज र ब्रेकमा खुट्टा सारिरहँदा चप्पलको फित्ता अड्किएर दुर्घटना भएको पाइएको बताउनु भयो । यस्तै दुर्घटना कम गर्नको लागि गाडीमा लेखिएका सबै किसिममा स्लोगन तथा कोटेसन मेट्न, सिसामा स्टिकर वा अरु कुनै चिज नटाँस्न र नझुण्ड्याउन, गाडीको क्याबिनमा सजावटका सामान वा म्युजिक सिस्टम राखेको भए हटाउन पनि विभागले आग्रह गरेको छ । 

दुर्घटना हुनुको कारणमध्ये ८० प्रतिशत चालकका कारण हुने गरेको पाइएको भन्दै विभागले चालकको ध्यान अन्त मोड्ने सामग्री गाडीबाट हटाउन सुझाव दिएको हो ।

यसैगरी लामो दुरीमा चल्ने गाडीको ढोकामा नै यात्रु क्षमता र गाडीमा रहेका यात्रुको संख्या टाँस्न, लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा प्रयोग गर्ने प्रयोजनमा रिसोलिङ गरेको टायर अगाडिको चक्कामा नराख्न र लामो तथा छोटो दुरीका गाडीमा अनिवार्य भाडादार टाँस्न पनि विभागले अनुरोध गरेको छ ।

यातायात क्षेत्रमा संलग्न विज्ञसँगको छलफलबाट बढ्दो दुर्घटना कम गर्न यी उपाय अपनाउन सुझाव दिइएको विभागका निर्देशक एवं प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । 

यी सुझाव पालना नगरेको पाइए ट्राफिक प्रहरीले नियमअनुसार कारबाही गर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP