Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

९ बुदे माग सहित कपिलवस्तुका किसान काठमाडौमा आन्दोलन गर्ने

निरहु यादव, कपिलवस्तु ,

आर्थिक बर्ष २०७१/७२ को उखुको प्रबर्द्धन बापतको २.४८ करोड रुपैया अझैसम्म कपिलवस्तुका किसानले पाएका छैनन् । अधिराज्य भरी नै सुगर्स मील मार्फत कारोबार गर्ने किसानहरुलाई प्रति क्विन्टल २५ रुपैया उखु प्रवर्द्धन खर्च बापत भुक्तानी गरिसकेको छ तर श्रीमहालक्ष्मी सुगर्स मील जवाभारी कपिलवस्तु मार्फत कारोबार गरेका किसानहरूलाई उखु प्रवर्द्धन खर्च बापत २५ रुपैया भुक्तानी नगरी यो सरकार बेइमानी गरिरहेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीको भनाइ रहेको छ । अर्थिक मन्त्रालयले मागेको सम्पुर्ण विवरण समयमै उपलब्ध गराइएको र कपिलवस्तु किसान संघले पटकपटक विभिन्न माध्यमबाट सरकार द्वारा सो रकम किसानहरुलाई उपलब्ध गराउन माग गर्दै आएको छ । सो रकम भुक्तानी गरिदिने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय , गृह मन्त्रालय र कृषि मन्त्रालयले पालैपालो अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको बर्ष दिन समेत बितिसक्दा अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई मिति २०७५/११/१ मा पठाएको पत्र संख्या १६३३ अनुसार आ वा २०७१/७२ को रकम मुल्य अभिबृद्धी कर संगै समायोजन गरि श्रीमहालक्ष्मी सुगर्स मील जवाभारीलाई भुक्तानी दिएकोले किसानहरुलाई दिने रकम उक्त उद्योगबाट भुक्तानीको ब्यवस्था गर्नुहुन मिति २०७५/१०/२५ को माननीय मन्त्रीपरिषद को निर्णय अनुसार अनुरोध गरिसकेको छ तर अहिलेसम्म सो कार्यवान्यन हुन सकेको छैन । किसानले सो रकम कहिले पाउने हो भनी कुनै सुनिश्चित नभएको र किसानहरूमाथि भइरहेको विभेद तथा ठगी नियन्त्रण लगायत ९ बुदे माग सहित प्रशासन कार्यालय मार्फत कपिलवस्तु किसान संघले सरकारलाई ज्ञापन पत्र दिएको संघका अध्यक्ष अनुप कुमार चौधरीले बताएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP