Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चन्द्रौटामा रु. २५ मै पेटभरी स्वादिष्ट खाना ।।

दिपक के.सी. माघ ७,

कपिलवस्तु कपिलवस्तुको चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले अब हरेक हप्ताको मंगलबार रु. २५ मा खाना खुवाउने व्यवस्था गरेको छ । मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले सस्तो मुल्यमा स्वादिष्ट र स्वस्थकर खाना खुवाउने व्यवस्था निकै सरहानिय रहेको बताए । प्रदेश सभा सदस्य के.सी.ले रु. २५ तिरेर खाना खादै, खाना निकै स्वादिष्ट भएको बताए । थौरै आय भएकाहरुका लागी यो निकै राम्रो भएको बताए । देशका अन्य शहरहरुमा पनि यस्तो व्यवस्था रहेको जनाउदै, चन्द्रौटामा पनि यो कार्यको शुभारम्भ भएकोमा आयोजक संस्थालाई धन्यवाद दिदै यस कार्यको निरन्तरताको लागी शुभकामना व्यक्त गरे । रु. २५ मै खाना पाउदा पूर्व पश्चिम आवात जावत गर्ने यात्रुहरुका लागी पनि यो सुविधाले फाइदा पुराउने वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताए । “खाना निकै मिठो छ, रु.२५ कै खाना पनि ठूला होटलहरुमा पाइने खाना जस्तै स्वादिष्ट छ ” पाण्डेले बताए । गोजीमा कम रकम हुनेहरुका लागी यो व्यवस्था धेरै नै राम्रो भएको अध्यक्ष पाण्डेले जनाए । “अहिले हामीले साप्ताहिक रुपमा खाना खुवाउने भनेर यसको थालनी गरेका छौं । यो सफल हुदै गयो भने यसलाई दैनिक रुपमा लैजाने लक्ष्य रहेको छ ।” संस्थाका अगुवा विजय जयसवालले बताए । अहिले संस्थामा आवद्ध स्थानिय युवाहरुको सक्रियता र सहयोगमा साप्ताहिक रुपमा सस्तो मुल्यमा खानाको व्यवस्था गरेछौं यसलाई सफल बनाउन अन्यत्रबाट पनि सहयोग आयो भने दैनिक बनाउने छौं जयसवालले भने । प्रत्येक हप्ताको मंगलबार चन्द्रौटामा रहेको गंगा कम्प्लेक्स अगाडी विहान १० बजे देखि साझ ५ बजे सम्म रु. २५ मा खाना खाने व्यवस्था हुने उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP