Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिवराज नगरपालिकाले वडा कार्यालय भवन निर्माण गर्दै

माधव बेल्वासे,चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिकाले वडा कार्यालयको भवन निर्माणलाई प्राथमिकता दिएको छ । भवन नहुदाँ वडावाट प्रदान गर्ने सेवा सुविधामा समस्या भइरहेको भन्दै नगरपालिकाले वडा भवन बनाउन सुरु गरेको छ । कतिपय वडाहरु साविक गाविस भवनमा काम गरिएको छ भने कतिपय वडा कार्यालय भाडामा संचालन गरिएको छ । वडा न २,४,६ र ७ मा अहिले भवन नभएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभएको छ । चार वटै वडाको भवन निर्माणको लागि १ करोड ६० लाख बजेट विनियोजन गरेको भएपनि यस वर्ष दुई वटा मात्र भवन बन्ने पक्का भएको छ ।
वडा न ६ र ७ मा भवन निर्माणको लागी जग्गा नहुँदा आगामी वर्षको लागि धकलिएको छ । असार मसान्त सम्म सम्पन्न हुने गरी वडा न २ र ४ को काम भइरहेको नगरपालिकाका सब ईन्जिनियर मोहन केसीले बताउनुभयो । वडा न २ को लागि लागत स्टिमेट ८३ लाख ७६ हजार ४ सय ५८ भएपनि सुर्यदय निमार्ण सेवाले ६१ लाख ९५ हजार ६५ मा भवन निर्माण गर्ने कबुल गरेको छ । त्यस्तै वडा न ४ मा लागत स्टिमेट ७४ लाख ६१ हजार ९ सय ७३ भएपनि एनबि कन्ट्रक्सनले ५८ लाख ९६ हजार ७४ मा निर्माण गर्ने कबुल गरेको छ ।
वडाको भवन नहुँदा कामकाजमा समस्या भइरहेको वडा न २ का अध्यक्ष राम बहादु्र चौधरीले बताउनुभयो । “कर्मचारीको बस्ने ठाउँ छैन सेवा ग्राहीलाई समस्या छ, त्यसैले नगरमा भवनको माग गरेका हौ ” चौधरीले भन्नुभयो । वडा न ४ ले अहिले वडा न ३ को भवन वाट सेवा प्रदान गरेको छ । वडाका नागरिकहरुलाइ पायक पर्ने ठाउँमा भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष सफिक अहमद मुसलमानले बताउनुभयो ।
यता वडा कार्यालय भवन निर्माण गरेपनि नगरपालिकाले आफ्नो भवन भने बनाउन सकेको छैन । गत असारमा भवन निर्माणको लागि सम्झौता भएपनि स्थानियहरुले बिरोध गरेपछी काम रोकिएको थियो । पौष २० गते सर्वोच्च अदालतले नगरपालिकालाई भवन बनाउन आदेश दिएपछि काम सुरु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP