Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अवधी भाषा मधुर र मिठासको भण्डार ः सांसद केसी

कपिलवस्तु माघ १८, भाषा संरक्षणमा पत्रकारको भुमिका महत्वपुर्ण रहेको प्रदेश नं ५ का प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भएको छ । अवधी पत्रकार संघ नेपालको नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्र्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केसीले अवधी भाषा मधुर, मिठासको खानी रहेको बताउनु भयो । उहाले भाषा, कला, संस्कृती संरक्षणका लागि प्रदेशबाट विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । सांसद केसीले सरकारले ल्याउन लागेको मिडिया विद्येयकबाट पत्रकारलाई नै राहत हुने बताउनु भयो । यही माघ ११ गते कपिलवस्तुको कृष्णनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचित पदाअिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा समाजवादी पाटीका शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले पत्रकारहरुले अवधी भाषा संरक्षणका लागि गरेको यो प्रयास अति प्रशांसनिय रहेको बताउनु भयो । चन्द्रौटा उद्योग वाण्ज्यि संघका अध्यक्ष जमशेर अलि मियाले पत्रकारहरु देशको चौथो अंग भएकोले सत्य तथ्य समाचार प्रकाशन, प्रशारण गर्नु पर्ने बताउनु भयो । त्यस्तै युवा नेता अजय थापाले पत्रकारहरुलाई सरकारले दर्शउने किसीमको मिडिया विधेयकले ल्याउन लागेकोले विद्येयक संशोधन गर्नु पर्ने बताउनु भयो । सोहि कार्यक्रममा अवधी पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले भाषा संरक्षणका लागि नेतृत्वले पहल गर्नु पर्ने बताउनु भयो । उहाले स्थानिय तहबाट भाषा संरक्षणको लागि बजेट विनियोजीत गरी कार्यक्रम लागु गर्नु पर्ने बताउनु भयो । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वाचित भएका थिए । संघको उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वाचित हुनुभएको थियो । निर्वाचित सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP