Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विद्यालयको चुनावी प्रसारप्रसारमा वडा अध्यक्ष ।।

दिपक के.सी.

कपिलवस्तु माघ १९

कपिलवस्तुको महाराजगंज नगरपालिकामा जन प्रतिनिधी विद्यालय व्यवस्थापन समितिको प्रचार प्रसारमा जादाँ सेवा ग्राहीले सास्ती बखेप्नु परेको छ । निर्वाचित जन प्रतिनिधि नै कार्यालयमा नहुदाँ साना तिना सिफारिसका काम लिएर पुग्ने सेवाग्राहीले सास्ती खेप्नु परेको छ । नगरपालिकाको शिवाभारी माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन भन्दै चुनावी प्रसार प्रसारमा वडा नं. ९ का वडा अध्यक्ष उदयराज चौधरी कुर्मी पनि हिडेका छन । नेपाली काँग्रेस बाट वडा अध्यक्ष जितेका कुर्मी जनताको काम छाडी विद्यालयको चुनाव प्रचार प्रसारमा खटेका छन । वडा कार्यालयमा भने सेवा ग्राही अध्यक्षको हस्ताक्षरका लागी कुर्दै गर्दा अध्यक्ष भने प्रचार प्रसारमा नै व्यस्त छन । सेवा ग्राहीले कहाँ हुनुहुन्छ काम थियो भन्दा , दुई दिन कुनै पनि काम नगर्ने र आफु प्रचार प्रसारमा हिडेको वडा अध्यक्षले बताएको जग्गा पासको सिफारिस लिन वडा कार्यालय सेमरीमा पुगेका सेवा ग्राही रवि गुप्ताले बताए । सेवा ग्राहीको काम दुई दिन सम्म नगर्ने भन्दै विद्यालय चुनावको प्रचारमा हिडेका अध्यक्षलाई सेवाग्राहीले कार्यालयमा पर्खिरहेका छन भन्दा “सेवाग्राहीको कुर्ने काम हो कुर्छन , म काम गर्न सक्दिन तपाईलाई गुनासो गरेका रहेछन, तपाइ आफै काम गर्नुस” भन्ने गैर जिम्मेवार पूर्ण जवाफ फर्काए । कुर्मीले आफु प्रचारमा लागेकोले जनताका काम गर्न नभ्याउने सम्म बताए । यता वडा कार्यालयमा अध्यक्षको हस्ताक्षरको प्रतिक्षामा बसेका सेवाग्राही भने निरास बनेका छन । जनताको काम गर्ने भन्दै चुनाव जितेका अध्यक्षले विद्यालयको निर्वाचनको लागी जनताको काम नै थाती राख्दै प्रचार प्रसारमा लागेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP