Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

रोल्पामा वृद्धकाे हत्या गरेर गहना र पैसा लुटपाट

रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिका–६, भनभनेका ७२ वर्षका बलिराम बुढाको हत्या गरी लुटपाट भएको छ ।

लुटेरा समूहले बुढाको हातखुट्टा बाँधेर हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटका क्रममा बलिरामको ज्यान गएको र उहाँकी ७० वर्षकी श्रीमती काउली बुढाको स्थानीय बासिन्दाले उद्धार गरेका प्रहरीले जनाएको छ ।

बलिरामको घरबाट झण्डै १ लाख रुपैयाँ र २ तोला सुन लुटिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

राति १० बजेतिर ६ जना केटा र १ जना केटी त्यस घरमा लुटपाट गर्न गएका पीडित वृद्धाको भनाइ छ । घरमा कति रकम थियो भन्ने काउलीलाई यकिन जानकारी नभए पनि झण्डै १ लाख रुपैयाँजति नगद र २ तोला सुन लुटिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको रोल्पा प्रहरी प्रमुख डीएसपी चित्रबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP