Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चीनमा रहेका नेपालीलाई फर्काउने तयारी

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्दार गर्न जहाज तयारी अवस्थामा राखिएको बताउनुभएको छ ।

चीनमा फैलिएको नोवेल कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा समीक्षा तथा चाल्नुपर्ने कदमका बारेमा सरकार सजग रहेको मन्त्री भट्टराईको भनाइ छ ।

सीआईएनसँग कुराकानी गर्दै उहाँले परराष्ट्रमन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीको अवस्थाका बारेमा नेपालस्थिति चिनिया दूतावाससँग नियमित सम्पर्क गरीरहेको जानकारी दिनुभयो । चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनुपरेमा एक हप्ता पनि नलाग्ने मन्त्री भट्टराईले बताउनुभयो ।

आज पर्यटन वोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताउनुभयो ।

पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै उहाँले अहिलेसम्म नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताउनुभयो ।

चीनको सबैभन्दा बढी कोरोना भाइरस प्रभावित क्षेत्र वुहानमा १ सय ९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् ।

नेपाल आउने पर्यटक र आउन चाहने पर्यटकहरूलाई नेपाल सुरक्षित र ठीक छ भन्ने सन्देश प्रवाह गर्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको जीवन रक्षा र स्वास्थ्य उपचारको सुनिश्चित गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले आज विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेको हो ।

नोवल कोरोना भाइरसको प्रभावका कारण विश्वका विभिन्न देशले चीनका लागि उडान रद्द गर्न थालेका छन् । चीनमा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण चीनका लागि उडान भर्ने अन्तर्राष्ट्रिय समुदायले उडान रद्द गर्ने क्रम बढेको हो ।

पर्यटकले टिकट रद्द गर्ने क्रम बढेपछि चीनका विभिन्न सहरबाट काठमाडौं उडान गर्दै आएका वायुसेवा कम्पनीहरूले उडान स्थगन गर्ने क्रम बढेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP