Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

छाउगोठका नाउमा घर भत्काउँदा सांसद महतको विरोध

काठमाडौँ । सरकारले छाउगोठ भत्काउने अभियानका नाउमा मानिस बस्ने घर भत्काइएको भन्दै नेकपाका सांसदले विरोध जनाएका छन् । जुम्लाबाट निर्वाचित नेकपा सांसद गजेन्द्रबहादुर महतले छाउगोठको नाममा कर्णाली र सुदूरपश्चिमका नागरिकको बस्ने घर नभत्काउन आग्रह गर्नुभयो ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद महतले भन्नुभयो,’ ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ? आठजना मान्छेको एउटा होटलमा मृत्यु भएको छ, होटल भत्काउँदै हिँड्ने ? हजारौं मान्छेको बसमा मृत्यु भएको छ, बसमा आगो लगाउँदै हिँड्ने ?’

महतले थप्नुभयो,’ ‘हिजो गोर्खाली सेनाको नाममा हाम्रा घर भत्काइयो, अहिले छाउगोठको नाममा हाम्रो घर भत्काउने ? के हेरेर बस्या छ गृहमन्त्रालय ? काम पा’छैन सरकारले ?’ उहाँले प्रश्न गर्नुभयो ।

छाउगोठ भत्काउनु भन्दा भ्रष्टाचार र अनियमितता रोक्ने काममा लाग्न सरकारलाई सांसद महतको सुझाव थियो ।

‘जिल्लामा नुन बेचिएको छ, औषधि बेचिएको छ, त्यत्रो भ्रष्टाचार छ, उनीहरुलाई सम्हाल्नु छैन,’ सांसद महतले उल्लेख गर्नुभयो, ‘पुलको बेहाल छ, बाटोको बेहाल छ, ठेकदार कहाँ छ कहाँ छ थाहा छैन, तिनलाई कारबाही गर्नुपर्दैन ?,

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP