Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

काठमाण्डौ – मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपी मा नियुक्त गरेको छ । प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएका ज्ञवालीलाई सरकारले मंगलबार प्रहरी महानिरीक्षक नियुक्त गरेको हो  ।

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका प्रहरी महानिरीक्षकको पद सम्हाल्नुहुनेछ । उहाँसँगै  सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दावेदार हुनुहुन्थ्याे ।

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज मंगलबारदेखि उमेर हदका कारण अवकाश पाएपछिसँगै ज्ञवाली नयाँ महानिरीक्षकमा नियुक्त हुनुभएको हाे।

पूर्व आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका  डीआईजीहरुले सेवाहदका कारण अवकाश पाएका छन् ।

अवकाश पाउनेमा डीआईजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का रहनु भएको छ ।

यस्तै, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले अवकाश पाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP