Trending
flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ

विभिन्न ठाउँका दुर्घटनामा पाँच जनाकाे ज्यान गयाे

काठमाण्डाै – बिहीबार राति र शुक्रबार बिहान धादिङ, काभ्रे, दोलखा, कैलाली, कञ्चनपुर र बाँकेमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ चरौँदी पुलनजिकै शुक्रबार बिहान स्कुटरलाई पहिचान नखुलेको गाडीले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । गाडीले ठक्कर दिँदा स्कुटर चालक सोलुखुम्बुको मुक्ली गाउँपालिका १ घर भइ काठमाडौ बस्ने प्रकाश बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै काभ्रेको पनौतीमा पर्खालमा मोटरसाइकल ठोक्किँदा धुलिखेल नगरपालिका १२ पस्कोटका सञ्जिव तामाङको ज्यान गएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका ५ काे चौरीमा जीपमा चढेर खेल्ने क्रममा ढालाले लागेर जनक चन्दका डेढ वर्षीय छोराको ज्यान गएको छ ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका १० काे चकमेलीमा बिहीबार राति तीन जना चढेको मोटरसाइकल पल्टिँदा चालक धनगढी उपमहानगरपालिका ११ का शिवराज रानाको ज्यान गएको छ ।

रानाकाे उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा राति पौने १२ बजे ज्यान गएकाे हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार २० वर्षीय लालबहादुर राना र २३ वर्षीय धनीराम रानाको अवस्था भने सामान्य रहेको छ ।

बाँकेको राप्ती सोनारी गाँउपालिका १ काे सिक्टा मोडमा पनि बिहीबार राति तीन जना सवार भे४प ६७४६ नम्बको मोटरसाइकल अनिन्यत्रित भएर पल्टिँदा एक जनाको ज्यान गएकाे छ भने अन्य दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा मोटरसाइकलमा पछाडि सवार पुरुष रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राती पौने ११ बजे ज्यान गएकाे हाे, उनकाे पहिचान भएकाे छैन ।

घाइते भएका मोटरसाइकल चालक बाँकेकै सोनारी गाँउपालिका ५ का ३० वर्षीय दिलबहादुर विक, पछाडि सवार अर्का सोनारी गाँउपालिका २ का विजयकुमार चौधरीको भने त्यही अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय कुसुमाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP