Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

समाज वडाध्यक्ष नै अनशनमा !

चितवन – माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका १ का वडाध्यक्षसहितले आमरण अनशन सुरु गरेका छन् ।

वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहित वडा सदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनसन सुरु गरेका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) २०७६ फेरि संशोधन हुनुपर्ने, बाँदरझुला र अमिलियाको उचित व्यवस्था गरिनुपर्ने उनीहरुकाे माग छ । साथै मानव वन्यजन्तु द्वन्द्व निवारण गर्न वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, उत्तरी सिमानामा पर्ने रीउ खोला करिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।

यस्तै लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने माग राखिएकाे छ । माडी नगरपालिकालाई कृषि, पर्यटन ‘हब’ का रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा पालिकाकाे अधिकार हुनुपर्ने माग रहेका छन् ।

‘माडीवासी जनताको तर्फबाट आमरण अनशन’को नाम दिइएको छ । नगरपालिका प्रमुख ठाकुर ढकालले प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग माडीको समस्याको बारेमा छलफल गर्न आफू काठमाण्डाै जाने तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP