Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङ्गको परीक्षण उडान सफल

गुल्मी – गुल्मीको मदाने गाउँपालिका-२ मा रहेकाे बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको परीक्षण उडान सफल भएको छ । स्काइबर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ्ग उडाएर सफल परीक्षण गरेका हुन् ।

प्याराग्लाइडिङ्ग चालकहरुलाई पूर्वसामाजिक विकास मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले फुलमाला लगाएर सफलताको शुभकामना दिनुभएको थियो ।

मदाने गाउँपालिकाले होलबाङ्ग प्याराग्लाइडिङ्ग सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष ०७६-०७७ मा दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनु भयो ।

समुन्द्री सतहबाट २१ सय ५० मिटरको उचाईमा रहेको बाँझकटेरीको कसुरे डाँडा प्याराग्लाइडिङ्गको हिसाबले अत्यन्तै राम्रो रहेको स्काइबर्ड प्याराग्लाइडिङ्ग पोखराका चालक भुवन गाहाले बताउनु भयो ।

लामो दूरीको लागि खर्च बढी लाग्ने भएका कारण पनि छोटो दूरीको प्याराग्लाइडिङ्ग गर्न याे ठाउँ निकै महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ्ग विस्थापित हुने अवस्था रहेको भन्दै उहाँले भविष्यमा गुल्मीलाई प्याराग्लाइडिङ्गको हबको रुपमा विकास गर्न सकिने प्रचुर समेभावना रहेको दावी गर्नुभयो ।

परीक्षणको क्रममा बुधबार कसुरे पुगेका पूर्वमन्त्री तथा सांसद गोकर्ण बिष्टले विकटलाई निकट बनाउने यो संभावना मर्न नदिने भन्दै त्यसका लागि नियमित प्याराग्लाइडिङ्गको लागि आवश्यक भौतिक संरचना निर्माण र अन्य आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । उहाँले अग्लुङ्गबाट कसुरेहुँदै सिमलटारीसम्म पुग्ने सडकको स्तरवृद्धिसंगै कालो पत्रेको काम अगाडि बढेकाे बताउँदै यसले कसुरेको प्याराग्लाइडिङ्गलाई थप टेवा पुग्ने दावी गर्नुभयो ।

मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले व्ययवसायीक रुपमा प्याराग्लाइडिङ्ग अगाडि बढाउने बिषयमा आफूहरु सक्रिय रुपमा लाग्ने भन्दै पालिकासम्म आइपुग्ने सडक निर्माणसँगै होलबाङ्गमा होमस्टे निर्माण गर्न गाउँपालिकाले योजना बनाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP