Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना भाइरस ४८ देशमा फैलियो, ३२ हजारभन्दा बढी उपचारपछि घर फर्किए

काठमाण्डाै – चीनको वुहानबाट सुरु भएको ‘कोभिड १९’ अर्थात् कोरोना भाइरस ४८ देशमा फैलिएको छ ।

अहिलेसम्म चीनमा मात्रै ३२ हजार पाँच सय सात जना र चीनबाहिर तीन सय १० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।

यद्यपि कोरोनाका कारण २८ सय चार जनाको ज्यान गएको र ८२ हजार एक सय ६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म चीनमा दुई हजार सात सय ४७ जनाको ज्यान गएको छ ।

चीनपछि इरानमा सबैभन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।

चीनमा गएको २४ घण्टामा थप ३२ जनाको ज्यान गएको छ भने चार सय ३५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै दक्षिण कोरियामा थप एक जनाको ज्यान गएको र तीन सय ३४ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP