फागुन १५, २०७६ काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबीनका लागि संसदमा आवाज उठाएपछि राप्रपाका अध्यक्ष कमल थापाले त्यसको समर्थनमा ट्वीट गरे। पञ्चायती पृष्ठभूमीका थापाले २०४७ सालदेखि सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानविन गरियोस् भन्ने माग राप्रपाले १० बर्षदेखि उठाउँदै आएको उल्लेख गरेपछि डा. भट्टराईले उल्टै थापामाथि झटारो हानेका छन्।
ट्वीटको प्रत्यत्तरमा डा. भट्टराईले लेखेका छन्, ‘धन्यवाद मित्र ! तर उच्च राजनीतिकरप्रशासनिक तहको भ्रष्टाचार छानवीनको ‘कट अफ प्वाइन्ट’ सापेक्ष ढंगले खुलापन आएको २०४७ साल सट्टा पंचायती निरंकुशकाललाई पनि बनाए कसो होला?’ हिजो (बुधबार) बसेको प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका थिए।
‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए?’, भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ। आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्नसमेत गरेका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया