काठमाडौं । भारतको राजधानी दिल्लीमा हिंसात्मक प्रर्दशन चर्किएको छ । आन्दोलन धार्मिक दंगामा बदलिएपछि अवस्था चिन्ताजनक बनेको छ । केही आन्दोलनकारीले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका विवरणहरू माझ लगातर तेस्रो रात दङ्गा भएको बताइएको छ। अहिलेसम्म २३ जनाको मृत्यु भएको छ ।
राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसा नियन्त्रणमा आउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवार पहिलोपल्ट भिडन्त भएको थियो।
मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन्। २ सय जना घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले बताएका छन्, जहाँ धेरैजसो घाइते उपचाररत छन्।
अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेमा प्रदर्शनकारी र प्रहरी छन् । यसअघि सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सिख अंगरक्षकद्वारा हत्या गरिएपछि भएको हिंसामा ३ हजारभन्दा बढी सिखको हत्या भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया