Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पाण्डेले विद्यार्थीसँग मनाए जन्मदिन

माधव बेल्वासे
चन्द्रौटा,१६ फागुन

जन्मदिनको अवसरमा ठुला ठुला पाटी गर्ने परम्परा हाम्रो समाजमा जिवितै छ । लाखौ रकम खर्चेर जन्मदिन मनाउने प्रवृतिलाई कपिलवस्तुका ईश्वरी प्रसाद पाण्डेले अन्त्य गरेका छन् । विगतका वर्षहरुमा पनि पाण्डेले फरक शौलिवाट जन्मदिन मनाउँदै आएका थिए । शुक्रवार ५५ औ वर्ष प्रवेशको अवशरमा ५० जना विद्यार्थीहरुलाई पोषाक वितरण गरेका छन् । शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा रहेको समयथान माविमा अध्यानरत विपन्न गरिव बालबालिकाहरुलाई पोषाक वितरण गरिएको हो ।

लामो समयदेखि सामाजिक क्षेत्रमा कृयशिल रहनुभएका पाण्डेले अहिले पनि दैनिक ५ सय रुपैँया समाजसेवाको लागि भनि बचत गरेको बताउनुभयो । विद्यार्थीहरुलाई पोषाक वितरण गर्दै पाण्डेले पैसाको अभावले धेरै बालबालिका पढ्नवाट बन्चित रहेकोले ति बालवालिकाहरुलाई पढ्नमा प्रेरित गर्ने बताउनुभयो ।
आफुले अध्यायन गर्दा विविध समस्या निम्तिएको भन्दै शिक्षालाई सरकारले पहिलो प्राथमिकतामा दिनुपर्ने बताउनुभयो । शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले पाण्डे सामाजिक क्षेत्रमा कृयशिल रहेर समाज सुधारमा अतुलनिय काम गरेको भन्दै प्रशंसा गर्नुभयो । विगतका वर्षमा जन्मदिनको अवशरमा बुटुकहरुलाई सहयोग गरेको बताउनुभयो । युवा नेता अजय थापाले विपन्न वालवालिहरुलाई गरेको सहयोगले उनीहरुको पढाईमा राहत भएको बताउनुभयो ।

चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पाण्डेले प्रदान गरेको पोषाक पाएपछी विद्यार्थीहरुको खुसि भएका छन् । विद्यालयका प्राध्यानाध्यापक गिरीप्रसाद गैरेले विद्यालयमा अध्यानरत विद्यार्थीलाई सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP