Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

वडाध्यक्ष प्रकाश गैरेले तलव माग्दा आफ्नै शिक्षकलाई कुटे !

मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाका एक वडाध्यक्षले चरम दादागिरी देखाएको पाइएको छ । बेला बेला कुटपिट तथा अनियमितता प्रकरणमा मुछिदै आएका वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे भनेर चिनिने रुद्र बहादुर गैरेले आफ्नै शिक्षकमाथि दादागिरी शैली देखाएका हुन् । सदरमुकाम तौलिहवामा अवस्थित बुद्धज्योती इंग्लिस बोर्डिङ स्कूलका सञ्चालक समेत रहेका वडाध्यक्ष गैरेले काम गरेको तलव माग्दा आफ्नै शिक्षकमाथि हातपात गरेर घाइते बनाएका छन् ।

यशोधरा गाउँपालिका वडा नं. ५ बस्ने शिक्षक रमेश बढई वडाध्यक्षको बोर्डिङमा दुई बर्षदेखि कार्यरत रहदै आएका थिए । शिक्षक बढईले पटक पटक आफुले पढाएको तलव माग्दै आएपनि वडाध्यक्ष गैरेले दिएका थिएनन ।
विहीबार दिउँसो तलव माग्न गैरेको कार्यकक्षमा पुगेका शिक्षक बढईमाथि अपमान शैलीमा गालीगलौज गर्दै आफुले लगाएको बेल्ट फुकालेर शरीरमा हिर्काएको पाइएको छ । गैरेको कुटाईबाट बढईको शरीरमा निल डाम छ ।
वडाध्यक्ष गैरे माथि कारबाहीको माग राख्दै बढईले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । प्रहरीमा उनले दिएको जाहेरीमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा हदैँसम्मको कारबाही माग गरिएको छ ।
शिक्षक बढईलाई कुटपिट गरेको आधा दर्जन शिक्षकले प्रत्यक्ष देखेको पनि उनले बताएका छन् ।

वडाध्यक्षमा निर्वाचित भएदेखि उनी विभिन्न समय विवादमा मुछिदै आएका छन् । गत बर्ष मात्रै उनीमाथि कुटपिटको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको थियो । गत बर्ष नै उनले एक सार्वजनिक शौचालय निर्माणमा केही रकम अनियमितता गरेको समाचार एक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP