Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

२२ हजार युवाले लिए सहुलियतपूर्ण कर्जा

काठमाडौं ।

युवा स्वरोजगारका लागि प्रदान गर्दै आएको सहुलियतपूर्ण ऋण हालसम्म २२ हजार युवाले लिएका सरकारले जनाएको छ ।

युवालाई देशमै स्वरोजगार बनाउन, वैदेशिक पलायन रोक्न र नेपालमै उद्यमशिलताको विकास गर्न भन्दै सरकारले अर्थ मन्त्रालय मार्फत् सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ जारी गरेको छ ।

कार्यविधि अनुसार हाल युवाले विभिन्न ९ प्रकारका सहुलियतपूर्ण कर्जा पाउने गरेका छन् ।

प्रत्येक कर्जामा ५ प्रतिशत ब्याज सहुलियत र महिलाको हकमा ६ प्रतिशत ब्याज सहुलियतको व्यवस्था गरिएको छ ।

सहुलियतपूर्ण कर्जा लिएर युवाले गरेका प्रत्येक व्यवसायको राज्यले बीमा समेत गरिदिने गरेको छ । राष्ट्रिय युवा परिषद्का अनुसार बीमाको ७५ प्रतिशत प्रिमियम समेत सरकारले नै तिरिदिने गरेको छ ।

२०७५ साल कार्तिका २० गतेबाट कार्यान्वयनमा आएको यो कार्यक्रम अन्तरगत हालसम्म २२ हजार भन्दा बढी युवाले सहुलियतपूर्ण कर्जा लिएका राष्ट्रिय युवा परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले सीआईएनसँग बताउनुभयो ।

युवालाई सहुलियत ऋण लिन सजिलो होस् भनेर राष्ट्रिय युवा परिषद्ले सहजिकरण गरिरहेको भन्दै पौडेलले विभिन्न बैंकका प्रतिनिधि, सीईओ, अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायत सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको जानकारी दिनुभयो ।

पौडेलका अनुसार युवालाई ऋण पाउन सहज होस् परिषद्ले उद्यमशिलता विकास र वित्तिय साक्षरता सम्बन्धि सात दिने निःशुल्क तालिम समेत दिने गरेको छ ।

तालिम लिन चाहने युवाले परिषद्मा सिधै आएर वा इमेल मार्फत् पनि नाम दर्ता गर्न सक्नेछन् ।

तोकिएको शिर्षकमध्ये कुन शिर्षकमा ऋण लिन चाहने हो, निवेदन लिएर युवा सम्बन्धित बैंकमा जान सक्नेछन् । त्यसका लागि नागरिकता, संस्था दर्ताको प्रमाणपत्र, व्यवसायीक योजना तयार गरेर बैंकमा दर्ता गर्न सकिनेछ ।

त्यसपछि बैंकले सम्बन्धित क्षेत्रको विज्ञलाई फिल्डमा पठाएर अनुगमन गर्न लगाउनेछ । अनुगमनपछि विज्ञले सिफारिस गरेमा बैंकले ऋण उपलब्ध गराउनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP