Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

काठमाण्डाै – बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोना भाइरससँगै सरुवा रोगको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् । 

प्रभावित क्षेत्रमा सामूहिक रुपमा बस्ने हुँदा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्दा कोरोनासँगै झाडापखाला, आउँ, हैजालगायत पानीजन्य रोग फैलने जोखिम हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न, सफा पानी र शौचालयको प्रयोग गर्नुपर्ने डाक्टर पौडेलको सुझाव छ । सकेसम्म उमालेको पानी पिउन र त्यो सम्भव नभए पानीलाई निर्मलीकरण गरेर मात्र पिउन उहाँको आग्रह छ । यस्तै, उहाँले उद्धार गरिएका व्यक्तिलाई राखिने ठाउँमा आवश्यक दूरी कायम गराउन, शौचालय तथा सफा पानीको व्यवस्थापन गर्न सम्बन्धित पालिका र उद्धारमा जुटेकाहरुलाई अनुरोध गर्नु भएको छ । 

पौडेलका अनुसार अहिलेसम्म बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कुनै रोग तथा सङ्क्रमण भने देखिएको छैन। तर, जोखिम उच्च रहेकाले आवश्यक सावधानी भने अपनाउनु पर्नेमा उहाँको जोड छ । उहाँका अनुसार रोगको सम्भावित जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रतिकार्यका लागि प्रदेश र पालिकाहरुका समन्वय थालेको छ । 

कुनै रोग तथा महामारी देखा परेमा उपचार तथा प्रतिकार्यका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री आवश्यक परेमा तत्काल खबर गर्न पनि उहाँको आग्रह छ । औषधि तथा स्वास्थ्य सामग्री थप आवश्यक पर्ने भएमा तुरुन्त उपलब्ध गराउने उहाँको भनाइ छ । 

अहिलेसम्म पालिका र प्रदेशमा नै औषधि र स्वास्थ्य सामग्री पर्याप्त रहेको जानकारी आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP