Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

महशुल नबुझाउने सेवाग्राहीको लाइन काट्न शुरु

दाङ : नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले समय मै महशुल नबुझाउने सेवाग्राहीको लाइन काट्न शुरु गरेको छ। लामो समयदेखि विद्युत् महसुल नबुझाएका ७० घरको लाइन काटिएको केन्द्रले जनाएको छ।

कात्तिक १ गतेदेखि लाइन काट्न शुरु गरिएको केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालले बताए। मिटर रिडिङ भएको ६० दिनभन्दा बढी समयसम्म पनि सेवाग्राहीले महशुल तिर्न नआएमा उनीहरूलाई कालो सूचीमा राखेर लाइन काट्न थालिएको उनको भनाइ छ।

विभिन्न व्यक्ति संघ, सरकारी कार्यालय, कम्पनीलगायतबाट पाँच करोड ६७ लाख रुपैयाँ बक्यौता रकम असुल गर्न बाँकी रहेको प्रमुख फर्सालले जानकारी दिए। चालु आर्थिक वर्षको अन्त्यसम्म तीन करोड रुपैयाँ असुल गर्ने लक्ष्य रहेको उनले बताए। 

चालु आर्थिक वर्षको हालसम्म प्राधिकरणले २३ लाख ७९ हजार बक्यौता रकम बुझाउन बाँकी ८७ घरको लाइन काटेको छ। धमाधम लाइन काट्न सुरु गरेपछि बक्यौता महशुल संकलन हुन थालेको उनले बताए। 

आर्थिक वर्ष २०७७÷७८ मा प्रधिकरणले ६३ लाख ८८ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेका २८५ ग्राहकको लाइन काटेको थियो। बक्यौता बुझाए पछि सेवाग्राहीको घरमा पुनः विद्युत् जडान गरिने प्राधिकरणले जनाएको छ।  तुलसीपुर वितरण केन्द्रका ४६ हजार ५७ ग्राहक संख्या रहेको छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP