Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नेपालीहरु अब विदेश जान नपाउने

सर्वोच्च अदालतले कोरोना भाइरसबाट जोगिनका आवश्यक परेका अन्तराष्ट्रिय उडानमा पनि रोक लगाउन आदेश दिएको छ । सर्वोच्चले सरकारको नाममा आदेश दिँदै कोराना भाइरस कोभिडः १९ बाट जोगिन आवश्यक परेको खण्डमा त्रिभूवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोक लगाउन आदेश दिएको हो ।

सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको इजलास सरकारको नाममा सो आदेश दिएको हो । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको अवस्थामा सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न सरकारलाई आदेश दिएको हो ।

यसै क्रममा सरकारले कोराना प्रभावित सबै देशका लागि श्रम स्वीकृति दिने कार्य स्थगित गर्ने तयारी गरेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्वोच्च अदालतको आदेश अध्ययन गरी मंगलबार नै यसबारे निर्णय गर्ने बताएको छ ।

सर्वोच्च अदालतको आदेशपछि कोरोनाबाट प्रभावित देशहरुमा जाने कामदार रोक्न छलफल सुरु भएको छ । केहि दिन अघि मात्र श्रम विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कोरियामा कोरोना भाइरसको सं’क्रम’ण बढ्दै गएपछि गत हप्तादेखि कोरिया जाने कामदारहरुको उडान रोकेको हो । गत हप्ता करिब २ दर्जन कामदार तालिका अनुसार उड्न पाएनन् ।

‘कामदार असुरक्षित नहोउन् भन्नेमा हाम्रो ध्यान छ,’ शाखाका निर्देशक कृष्ण खनालले भने,‘जाने समय केही पछि धकेल्दा कामदारलाई प्रभाव त पर्छ, तर सचेतता अपनाउन अत्यावश्यक छ ।’

सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको खनालले बताए । प्रभवित देशहरुमा अब सिधा उडान पनि रद्द गरिने जानकारी दिएका छन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पाँच देशका नागरिकलाई ‘अनअराइभल भिषा’ नदिने भएको छ। अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै पाँच वटा देशको अनअराईभल भिसा रोक गर्ने निर्णय गरेको हो।

चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिलाई अनअराइभल भिसा रोक गरिएको हो। अब यी देशका नागरिकहरुले विदेशबाट नै भिसा लगाएर स्वास्थ्य परिक्षणको रिपोर्टपछि मात्र नेपाल आउन पाउने छन्। अहिलेसम्म कोरोना भाइरसका कारण करिब ३ हजार जनाको निधन भइसकेको छ भने ८८ हजार भन्दा बढी सं’क्र’मित छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP