Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

जातीय विभेद अन्त्य गर्नुपर्ने : गृहमन्त्री खाँण

ठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने जातीय विभेद अन्त्य गर्नुपर्ने बताएका छन्।​ दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृह मन्त्रालय पुगेका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन्। दलित समुदायका नेता तथा जनप्रतिनिधिलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातीय विभेद गर्न नपाइने प्रावधान पालना गराउन सरकार प्रतिबद्ध रहेको बताए।

कात्तिक ७ र ८ गते काठमाडौंमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुईदिने सम्मेलन भएको थियो।

आगामी पुस्ताले जातीय विभेदको विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उनले उल्लेख गरे। उनले भने‚ ‘जातीय विभेद गर्न पाइँदैन भन्ने हाम्रो संविधानको प्रावधान हो। त्यो पालना गर्न हामी प्रतिबद्ध छौँ। हामीपछिको पुस्ताले त्यो कुरा उठाउनै नपरोस्। त्यसमा समय खर्चै गर्नु नपरोस् भन्ने नै हामी सबैको मानसिकता हो।’

गृहमन्त्री खाँणले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनै पनि भूभागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताए। यसका निम्ति सम्बन्धित सुरक्षानिकायलाई परिपत्र गरिएको पनि उनले उल्लेख गरे।

उनले विपत्‌बाट पीडित नागरिकलाई सरकारले राहत तथा पुनःस्थापना गर्ने पनि बताए। क्षतिको विवरण अध्ययन गर्न सरकारले कार्यदल बनाएको र कार्यदलको प्रतिवेदन आएपछि आवश्यक निर्णय गरिने उनको कथन छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP