Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

पोखरामा मंसिरदेखि ‘चरणदास चोर’ नाटक मञ्चन गरिँदै

पर्वत : मोफसलमा पनि नाटक मञ्चनको क्रम बढ्दै गएका बेला पोखरामा ‘चरणदास चोर’ मञ्चन हुने भएको छ।

कोरोना संक्रमण जोखिमका कारण दुई वर्षदेखि ठप्प रहेको नेपाली कला क्षेत्रलाई चलायमान बनाउन रेनसान्स थिएटर नाट्य सिर्जना समूहले मंसिर १ देखि १४ सम्म नाटक मञ्चन गर्ने नाटकका निर्देशक निश्चल विमलले जानकारी दिए।

‘पोखरामा रहेर रंगकर्म गरिरहेका रंकर्मीहरूमा पनि कोरोनाले शारीरिक, मानसिक, सामाजिक र आर्थिक असर गर्‍यो। महामारीको अवस्था केही सहज बन्दै जाँदा रंगकर्मलाई कसरी सहज बनाउने भन्ने बारेमा छलफल भएपछि नाट्य सिर्जना समूह स्थापना भयो,’ उनले भने, ‘दुई वर्षदेखि ठप्प रहेको नेपाली कला क्षेत्रलाई रंगकर्ममार्फत पुनः चलायमान बनाउन यो नाटक मञ्चन गर्न लागेका हौँ।’

नाटक चरणदास चोरलाई भारतका प्रख्यात नाट्य निर्देशक तथा कलाकार हविव तनविरले सन् १९७५ मा लेखेका हुन्। यस नाटकलाई नेपाली नाट्य निर्देशक तथा रंगकर्मी आशान्त शर्मा अनुवाद गरेको हुन्। उक्त नाटकलाई हास्यचेत तथा संवेदनाले भरिपूर्ण मानिन्छ। भारतीय लेखकले लेखेको भए पनि उक्त नाटकमा नेपाली समाजमा चल्तीमा रहेका चरित्र तथा व्यवहारहरूको उठान रहेका कारण ‘चरणदास चोर’ नै आफूहरूको रोजाइमा परेको निर्देशक विमलको भनाइ छ।

पोखरा थिएटर गैह्रापाटनमा मञ्चन गर्न लागिएको नाटकमा शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिना, मनोज सुनार, एम.डी माफ्ले, नौर क्षेत्री, सुशील बराल, आदित भुजेल, विवेक मन, एलिसा, सुविना श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गर्दै छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP