Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

आज ४१ औँ विश्व खाद्य दिवस मनाइँदै

काठमाण्डाै – आज ४१ औँ विश्व खाद्य दिवस । हाम्रो पहल : उत्पादन र पोषणमा वृद्धि भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  

विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउँदै आइएको दिवसलाई यो वर्ष चाडपर्वको समय परेकाले नेपालमा भने आजको  दिन  मनाउन लागिएको हो ।  १६ अक्टोबर  सन् १९४५ मा संयुक्त राष्ट्र (एफएओ) ले खाद्य र कृषि सङ्गठनको स्थापना गरेको थियो ।

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारि खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको हो ।

नेपालले पनि २०३८ सालदेखि यो दिवस मनाउँदै आएको छ ।  यो दिवस मनाउनुको उद्देश्य विश्वमा भोकबाट पीडितको लागि कारबाही र जागरुकतालाई वृद्धि गर्न तथा सबैकाे लागि खाद्य सुरक्षा र पौष्टिक आहारको आवश्यकता सुनिश्चित गर्नु हो ।

खाद्य सुरक्षा र ग्रामीण विकास गरेर विदेश पलायन रोक्नका लागि भूमिका खेल्ने गर्छ । बढ्दो सङ्घर्ष र राजनीतिक अस्थिरताको कारण अधिक जनसङ्ख्या विदेश जान बाध्य छन् । प्रवासन समस्यामा योगदान दिने अन्य महत्त्वपूर्ण कारक तत्वले गर्दा जलवायु परिवर्तनका कारण भोक, गरिबी र अप्रिय मौसमका घटनाहरुमा बढोत्तरी भएको छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य दिवसको अवसरमा शुभकामना दिँदै कृषि क्षेत्रको विकासका लागि खाद्य तथा पोषण सुरक्षा तथा खाद्य सम्प्रभूतासहितको दिगो प्रतिस्पर्धी एवं समृद्ध कृषि अर्थतन्त्र निर्माण गर्ने सोच बनाइएको बताउनुभएको छ ।

हरेक पालिकामा खाद्यान्न भण्डारणका लागि गोदाम निर्माण गरी सङ्कटको समयमा सबैले उपभोग गर्न पाउने व्यवस्था गर्ने कार्यको थालनी भइसकेको पनि उहाँले बताउनुभयो ।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP