Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सुदूरपश्चिमका तीन जिल्लालाई बाढीपहिरो अति संकटासन्न जिल्ला घोषणा गरिने

डडेल्धुरा : सुदूरपश्चिमका तीन जिल्लालाई बाढीपहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने भएको छ।

सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र बझाङलाई अति संकटासन्न जिल्ला घोषणा गरिने भएको हो।

डडेल्धुराको बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षणमा बुधबार आएका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुरा, बैतडी, बझाङलाई बाढीपहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने बताएका हुन्।

हेलिकप्टरमार्फत यहाँ आएका उनले देशका अधिकांश क्षेत्रमा बाढीपहिरोले क्षति पुर्‍याएको भन्दै सरकारले ज्यान गुमाएका परिवारलाई २/२ लाखका दरले राहत रकम उपलब्ध गराउने, घाइतेको सामुदायिक अस्पतालहरुमा निःशुल्क उपचार गर्ने र अन्य राहतमा समेत जुटेको बताए।

प्रधानमन्त्रीको गाउँपालिकामा १ अर्ब बढीको क्षति

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्याधुरामा बाढीपहिरोले १ अर्ब ५ करोड १५ लाख बराबर क्षति भएको छ।

बाढीपहिरोले पुगाएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्रीको वडा गन्याधुरा गाउँपालिका–१ पथरोडा गाउँ पुगेका गृहमन्त्रीलाई गाउँपालिकाले क्षतिको विवरण पेश गरेको छ।

गत असोज ३१ गते बेलुकीदेखि परेको अविरल वर्षाले गन्याधुरामा दुई जनाको ज्यान गएको थियो।

घर, खेतबारी, सडक, विद्यालय भवन, खाद्यान्न, अन्नबाली, पशुचौपाया गरी उक्त रकम बराबरको क्षति भएको विवरण गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पेश गरेका थिए।

विवरण बुझ्दै गृहमन्त्री खाँणले पीडितलाई अविलम्ब राहत उपलब्ध गराइने बताए।

खोलामाथिको पर्तल गाउँमा माथिबाट खसेको पहिराले आधा दर्जन घर जोखिममा छन् । खेतबारी पुरिएको छ। गाउँनजिक रहेको एउटा मन्दिरसमेत पुरिएको छ। 

खोलापारी रहेको तिखात्तर गाउँमा पनि पहिरोको जोखिम छ। उक्त गाउँका एक दर्जन घरसमेत पहिरोको जोखिममा छन्। आकाशमा बादल मडारिँदा पहिरोले गाउँ सबै पुर्ने चिन्तामा स्थानीय छन्।

वर्षा हुनुअघि बस्ती सार्नुपर्ने स्थानीयको माग छ। तर, कात्तिक २ गते पहिरोले तहसनहस मच्चाएपनि सरकारबाट कुनै पनि राहत नपाएको गुनासो उनीहरूको छ।

हाललाई जस्तापाता र सोलारको व्यवस्था गरिदिए पनि पुग्ने स्थानीय नरबहादुर रावलले बताए। बिहान ४ बजे पहिरो खस्दा उनीलगायत अन्य तीन जनाको घर पहिरोमा परेको छ।

गृहमन्त्री खाँणले वडा नं-३ सकायलसमेत पुगेर  पीडितहरूको अनुगमन गरे। सकायल क्षेत्रमा बाढीले विध्वंश मच्चाएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP