Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सल्यान बस दुर्घटना अपडेट : १२ मृतकमध्ये २ जनाको सनाखत हुन बाँकी

सल्यान : आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनाका १२ जना मृतकमध्ये अब सनाखत हुन २ जनाको मात्र बाँकी। १० जनाको सनाखत भएको छ।

दाङको शान्तिनगर गाउँपालिका-८ की ३५ वर्षीया सावित्रा केसी र दाङको कोरबाङका ५ वर्पीय सुरज ओलीको पनि सनाखत भएको छ।

घाइतेमध्ये सामान्य घाइते दुई जना भने उपचारपछि घर फर्किएका छन्।

सिकिस्त ३ जनालाई हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज पठाइएको छ। ९ जना सिकिस्तलाई पनि उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ।

यसअघि सनाखत भएकाहरू सल्यानको शारदा नगरपालिका-१२ कि हाल दाङको तुलसिपुर उपमहानगरपालिका-६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका-२ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका-३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी-१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका-४ बुने ६० वर्षीया डुलि रेउले छन्।

यसैगरी दुर्घटनामा दाङको बबई गाउँपालिका-६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यानको छत्रेश्वरी गाउँपालिका-२ का २९ वर्षीय तिलक ओलीको पनि मृत्यु भएको छ।

सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार बसमा चालकसहित ३१ जना थिए।

सल्यानको जयतपानीबाट, दुलधारा, खलंगा हुँदै दाङको तुल्सीपुरतर्फ जाँदै गरेको बस धेरै गति र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बस सडकबाट २ सय मिटर तल खसेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP