Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मन्त्री अर्यालद्वारा असिना पानीले पुर्‍याएकाे क्षतिकाे स्थलगत निरीक्षण, विचलित नहुन आग्रह

स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले स्याङ्जाकाे फेदीखोला गाउँपालिकामा असिना पानी चट्याङले पुर्‍याएकाे क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री अर्याल साेमबार फेदीखोला गाउँपालिका ४ काे आरुखर्क र वडा नम्बर २ काे कुडुले भन्ने ठाउँ पुगेर शनिबार राति आएको हावाहुरी चट्याङसहितको असिना पानीले गाउँपालिका क्षेत्रमा पुर्‍याएकाे क्षतिकाे निरीक्षण गर्नुभएको हो ।

उहाँले प्राकृतिक विपत्तिबाट ठूलो क्षति भएकाे र क्षतिबाट निराश नभएर फेरि पनि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न आग्रह गर्नुभएको छ । ‘तपाईँहरु कृषि क्षेत्रमा ऊर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रशंसा गर्छु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्‍याएकाे छ, मन्त्री अर्यालले भन्नुभयो, ‘यस क्षतिबाट तपाईँहरु कत्ति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस् । राज्यले तपाईँहरुलाई सहयोग गर्छ ।’

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्याङ्कन गरेर विवरण पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गर्नुभएको छ । सबै विवरण आइसकेपछि सङ्घ, प्रदेश र पालिका मिलेर उचित क्षतिपूर्ति दिने मन्त्री अर्यालले प्रतिबद्धता दिनुभयो ।
गएकाे शनिबार राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अविरल रुपमा परेको असिना पानीले वडा नम्बर १, २, ३, ४, ५, ९ मा क्षति पुर्‍याएकाे छ । असिना पानीका कारण १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ । वडा नम्बर ४ मा सबैभन्दा बढी क्षति भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ । १/२ वटा घरमा चट्याङ परे नि क्षति भने भएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP