Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

द्वन्द्व प्रभावित महिला बने उद्योगका मालिक

टीकापुर, कैलाली । केही गरौँ लाग्ने तर गर्नका लागि सानोतिनो लगानीले नपुग्ने भएपछि कैलालीको टीकापुर नगरपालिका ६ आम्बासाका महिलाहरूले पटक पटक सल्लाह गरे, कि के कसरी जाँदा लगानी जुटाउन सकिन्छ ।

बिभिन्न पेशा, व्यवसायलाई विकल्प बनाउँदै छलफल गर्दै जाँदा उनीहरू केराको रेसाबाट नेपाली कागजलगायतका बिभिन्न सामग्री बनाउन सहमत भए र सहयोगका लागि टीकापुर नगरपालिकामा धाउन थाले ।

केही समयको प्रयास, छलफल र प्रक्रियापछि नगरपालिकाले उद्योग खोल्नका लागि प्राविधिक तथा तालिमको व्यवस्थापन गरिदिने भयो ।

जम्मा गरिएको केराको थामलाई पकाउँदै गरेको अवलोकन गर्दै टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावल । 

२०७६ जेठ १० देखि २५ गतेसम्म द्वन्द्व पीडित एकता महिला सञ्जालमा आवद्ध भएका ४२ भन्दा धेरै महिलाका लागि केराको रेसाबाट नेपाली कागज बनाउने तालिमको आयोजना गरियो । तालिमपछि टीकापुर बजारबाट करिब ६ किलोमिटर दक्षिण पश्चिममा पर्ने आम्बासा भन्ने स्थानमा कागज उद्योगको स्थापना गरिएको छ ।

द्वन्द्व प्रभावित महिलाहरूले न्याय पाउन नसकेको भन्दै मुलुकभरमा असन्तुष्टि छ । न्यायमा असन्तुष्टि भए पनि कैलालीको टीकापुरका द्वन्द्व प्रभावित महिलाहरू केराको रेसाबाट खाम, कागज बनाएर आम्दानी गर्ने सोँचका साथ एक जुट भएका छन् ।

हिजोआज उद्योगमा पुग्नेवित्तिकै आँगनमा केही नेपाली कागज सुकाइएको, केराका थामलाई टुक्राटुक्रा बनाएर आगोमाथि पकाउँदै गरेको र केही महिलाहरूले बनेका नेपाली कागज पट्याउँदै गरेको देख्न सकिन्छ ।

उद्योगबाट तयार पारिएका नेपाली कागज सुकाईँदै । 

द्वन्द्व पीडित एकता महिला सञ्जालका सदस्य दुर्गाकुमारी चौधरीका अनुसार गाउँघरमा ढलेका केराका थामलाई सङ्कलन गरी उद्योगमा प्रयोग गर्ने गरिएको छ । केराको थाम ल्याएर टुक्राटुक्रा बनाएपछि ड्रममा राखेर पकाउनुपर्ने र केमिकलको प्रयोग गरी पकाएपछि बिलिचिङको प्रयोग गर्नुपर्ने दुर्गाकुमारीको भनाइ छ ।

द्वन्द्व पीडित एकता महिला सञ्जालका सदस्य दुर्गाकुमारी चौधरी ।

गाउँघरमा जथाभावी ढलेको र फालेको अवस्थामा केराका थामहरू देख्न सकिन्छ । तर आम्बासाका महिलाहरूले फोहोरको रूपमा फालिएका थामलाई मोहोर बनाउन सफल भएका छन् । केमिकल राखेर धोएर तयार पारिएको सामाग्रीलाई बिटर मेसिनमा राखेर मसिनो बनाउनुपर्ने र यसरी मसिनो बनाइएको सामग्रीलाई जालीमा राखेर सुकाएपछि नेपाली कागजको रूप लिन्छ ।

कागज बनाउने उद्योगका लागि भौतिक संरचना भने पर्याप्त छैन । कागज बनाउने मेसिनका लागि अस्थायी प्लाष्टिकको घर बनाइएको छ भने खुला आकासमा कागज सुकाउनु पर्ने र केराका थाम पकाउनुपर्ने बाध्यता उनीहरूलाई छ ।

द्वन्द्व पीडित एकता महिला सञ्जालका अध्यक्ष कृष्णादेवी चौधरीले नेपाली कागज र जापानी कागजका साथै खाम पनि आफूहरूले बनाएको बताउनुभयो ।

द्वन्द्व पीडित एकता महिला सञ्जालका अध्यक्ष कृष्णादेवी चौधरी । 

‘स्थापना भएको हालसम्ममा उद्योगले तीन हजारभन्दा धेरै नेपाली तथा जापानी कागज र ३ सयभन्दा धेरै खाम तयार पारेका छौँ ।’ अध्यक्ष कृष्णादेवीले भन्नुभयो,‘ हामीले बजारका लागि पनि पहल गरेका छौँ तर पर्याप्त बजार नपाउँदा उत्पादन भएको कागज कहाँ लगेर बेच्ने भन्ने चिन्ता लागेको छ ।’

उद्योगले तयार पारेको कागज र खामको बजारका लागि सञ्जालका सदस्यहरू नगरपालिकाका सबै वडा कार्यालयमा पुगेर छलफल गर्ने गरेका छन् ।

उद्योगले तयार पारेको तीन सयभन्दा धेरै खाम बिक्रीका लागि हालै काठमाडौँ पठाइएको छ । उद्योगमा पुगेका टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल समक्ष द्वन्द्व पीडित एकता महिला सञ्जालका अध्यक्ष कृष्णादेवी चौधरीले आफूहरूलाई प्रविधि, भौतिक पूर्वाधार र बजारीकरणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

नगर प्रमुख रावललाई उद्योगबाट बनेका कागज देखाउँदै सञ्जालका अध्यक्ष कृष्णादेवी तथा सदस्य दुर्गाकुमारी । 

बेलाबेलामा मेयर यसरी आफ्नो उद्योगमा आउँदा अझैँ केही गर्ने हौसला जाग्ने गरेको उहाँको भनाइ थियो । जवाफमा मेयर रावलले केही दिनभित्रमा उद्योगका कागज र मेसिन राख्नका लागि घर निर्माणको काम सुरु हुने जानकारी दिनुभयो ।

कागज काट्नका लागि मेसिनलगायत भौतिक संरचनाका लागि कार्यपालिका बैठकले १५ लाख सहयोग गर्ने निर्णय गरेको रावलले बताउनुभयो । द्वन्द्व प्रभावित महिलाहरूले उत्पादन गरेका नेपाली कागजको प्रयोगका लागि नगरपालिकाभित्रका सबै सरकारी कार्यालयलाई आग्रह गरिने पनि मेयर रावलले प्रतिबद्धता जनाउनुभयो ।

उद्योग स्थापनका लागि नगरपालिकाले ५ लाख र सञ्जालले ७५ हजार रुपैयाँ लगानी गरेका छन् । सञ्जालमा सुरुमा ५० जना द्वन्द्व प्रभावित महिला सहभागी भए पनि अहिले ४२ जना महिलाले मात्रै निरन्तरता दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP