Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

ग्रीन बड सेकेण्डरी इङलिस बोडिङ्ग स्कुलमा बिदाइ कार्यक्रम सम्म्पन्न

गुल्मी जिल्ला गुल्मीदरवार गाउँपालिका वाड नम्बर ४ बिरबास स्थित बोडिङ्ग स्कुलमा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का विद्यार्थीलाई बिदाइ गरिएको छ। बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष श्रीमान खड्क बहादुर कार्की को अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथी बिद्यालयका स्थापक अध्यक्ष श्रीमान नगेन्द्र किरण ठकुरी रहनु भएको थियो भने बिशेष अतिथी हरुमा स्थापन प्र अ श्रीमान भुमिस्वर चुदाली र बिद्यालय संचालक समितिका सदस्य श्रीमान लेख बहादुर कार्की रहनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कक्षा ९ मा अध्ययनरत छात्रा बिपना रेश्मीबाट गरिएको थियोे भने कक्षा ९ को तर्फ बाट शुभकामना मन्तव्य सम्पदा शाह,महेश पन्थ ,मोनिका रेस्मी र बिदाइ मन्तव्य कक्षा १० को तर्फबाट बादल रसाइली र सोफिया चुदाली बाट गरिएको थियोे । त्यस्तै शिक्षकको तर्फ बाट सिमा बिक, शान्ति स्वर्णकार र शान्ता चुदाली बाट विद्यार्थी लाई उज्ज्वल भबिस्यको कामना सहित शुभकामना मन्तव्य दिइएको थियोे ।

बिद्यालयका प्र अ सन्तोष शर्मा ले बिदाइ तथा शुभकामना मन्तव्य दिदै बिद्यालय ब्यबस्थापन समितिलाई धन्यवाद तथा बिद्यार्थीलाई अवस्यक निर्देशन दिनु भएको थियोे ।

कार्यक्रमका विशेष अतिथी बिद्यालय संचालक समितिका सदस्य लेख बहादुर कार्की र स्थापन प्र अ भुमिस्वर चुदालीले यस बिद्यालय बाट अध्ययन गरेर गए पनि पुन यसै गाउमा आइ केही गर्ने सक्षम नागरिक भएर समाजको सेवामा लाग्ने प्रेरणादाइ शुभकामना दिनु भएको थियोे ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी स्थापन अध्यक्ष श्रीमान नगेन्द्र किरण ठकुरीले यस बिद्यालयमा आफ्नो पसिना मुछिएको र सदै यो बिद्यालयको प्रगती देख्न चाहेको प्रसन्न कोट्याउदै सबै विद्यार्थीको उच्च ग्रेडका साथ यस क्षेत्रकै उत्कृष्ट नतिजामा ल्याउने मा आफू ढुक्क रहेको कुरा उल्लेख गर्नु भएको थियो ।

कार्यक्रममा कक्षा ९ र बिद्यालयको तर्फ बाट मायको चिनो सहित फुल माला,अबिर,खादाले बिद्यार्थीलाई बिदाइ गरिएको थियोे । सो कार्यक्रम कक्षा ९ मा अध्ययनरत सम्पदा साह,अस्मिता राकस र निशा सोमै बाट संचालन गरिएको थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP