चैत्र १६ –विजयनगर
कपिलवस्तुको एक सुत्केरी आमालाई खाद्यान्नसहित नगर सहयोग गरिएको छ । विजयगर गाउँपालिकाको वडा नं. ६ प्रेमनगर भटनीमा बस्ने सुत्केरी आमा चमेली गन्दर्भलाई कपडा, चामल, र तेल लगायत १७ सय १० रुपियाँ नगद प्रदान गरिएको हो ।
उनको घरमा कोही नभएको बेला सुत्केरी हँुदा समस्यामा परेकी छन् । उनको श्रीमान् कामको सिलसिलमा भारतको पुना भन्ने ठाउँमा रहेका छन् । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण लगाइएको लकडाउनले घर आउन नसकेर समस्यामा परेकी हुन् ।
उनको आर्थिक अवस्था नजुक रहेकाले गाउँकी सरस्वती पौडेलको अगुवाईमा गाउँ, टोल र छरछिमेकीबाट खाद्यान्न, नगद र बच्चाको आमालाई कपडाको सहयोग गरिएको हो । सुत्केरी आमाको अवस्था दयानीय रहेकोले थप सहयोग गर्न पौडेलले आग्रह समेत गर्नु भएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया