Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

३५ जना खेलाडी कराते खेल्न भारत गए

माधव बेलबासे
कपिलवस्तु भाद्र ६
दोस्रो अन्तराष्ट्रिय करांते प्रतियोगितामा प्रदेश न.५ का ३५ जना खेलाडी भारत गएका छन । कपिलवस्तुको बुद्धशक्ति करांते डोजो र शिवराज नगरपालिकाको संयुक्त आयोजनामा खेलाडीलाई बिदाइ गरिएको छ । शिवराज नगरपालिले प्रदेश न.५ लगायत नेपाललाई कंरातेमा डोजोमा चिनाउने खेलाडी पाएको छ । विदाई कार्यक्रममा शिवराज नगरपालिकाले १० थान पोषाक वितरण गरेको छ ।
त्यस्तै शिवराज नगरपालिकाबाट खेलमा सहभागि हुंदा आवश्यक पर्ने दर्ता शुल्क र आवतजावतमा लाग्ने यातायात खर्च समेत उपलब्ध गराउने शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । खेलमा सहभागि भएर बिजयि हुन अग्रीम शुभकामना दिंदै बिजयि पछि स्वागत गर्न पाउने आशा गरेको अधिकृत पौडेलले वताए ।
नेपाल करांते महांसघ प्रदेश न.५ का प्रमुख ऋषिराम पौडेलले खेलकुदको माध्यमबाट स्वच्छ मष्तिस्क असल बिचार हुने बताउँदै खेलले कुलतबाट टाढा रहन सहयोग गर्दै समाजलाई परिवर्तन गर्न सक्ने जनाए। पौडेलले नेपालको प्रतिनिधित्व गर्दै नेपालको झन्डा बिदेशमा फरफरहाउन अनुरोध गरे ।
ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेब पोख्रेलले पछिल्लो समय सरकारले खेल प्रति थोरै भए पनि चांसो बढाएको जनाए । शिवराज नगरपालिका भित्र भएका खेलाडीहरु प्रति शिवराज नगरपालिकाको सकरात्मक सोंच रहेको जिकिर गरे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP