Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

रविको समर्थकमा उर्लिए कपिलवस्तुवासी

सनिउल्ला धोबी, कपिलवस्तु भाद्र ७,
कपिलवस्तुमा स्वर्गीय पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीको छानबिनमा रहेका न्यूज २४ का सिधा कुरा जनता संग कार्यक्रम प्रस्तोता रवि लामिछाने समर्थकले प्रदर्शन गरेका छन । रवीका समर्थकहरुले जिल्लाको शिवराज नगरपालिका चन्द्रौटा बजारमा प्रर्दशन तथा र्याली निकालेका हुन ।
पत्रकार लामिछानेको रिहाइको माग गर्दै समर्थकहरुले चन्द्रौटा बजार परिक्रमा गर्दै कोण सभा गरेको हो । शिवराज युथको आयोजनामा रवि सर्मथकहरुको स्वतः स्फूर्त रुपमा जममा भएका युवाहरुले रवि लाई न्याय दे लेखिएका पम्पप्लेट सहित युवाहरुले प्रदर्शन गरेका हुन ।

प्रदर्शन पछि भएको कोण सभामा बोल्ने वक्ताहरुले सच्चा देशभक्त पत्रकारलाई फसाउन खोजेको भन्दै उनको रिहाईको माग गरेका थिए । प्रदर्शनका संयोजक अजय थापाले देश भन्दा माथी राजनिति हुन नसक्ने भन्दै आज रविको रिहाइका लागी युवाहरु स्वतः स्फुर्त रुपमा सहभागीको बताएका थिए । अझै पनि सरकारले छानबिन भन्दै पत्रकार लामिछानेलाई हिरासतमा राखे अझै कडा आन्दोलनमा जाने थापाले बताए ।
प्रदर्शन पछिको कोण सभामा युवाहरु पत्रकार पुडासैनी र रविले न्याय पाउनु पर्ने बताएका छन । रविले भष्ट्रचार न्युनिकरणमा कार्यक्रम मार्फत खबरदारी गरेकोले उनलाई फसाउन खोजेको युवा दिपक घिमिरेले बताए । देशमा नै केहि गरौं भन्दै काम गरेका व्यक्तिलाई अनाहकमा फसाउन खोज्दा युवाहरु चुप लागेर नबस्ने उनले जनाए ।
आजबाट सुरु भएको रवि सर्मथकको प्रदर्शन उनको रिहाइ नहुदा सम्म निरन्तर जारी रहने आयोजक शिवराज युथले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP