Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

निजामुद्दिन भेलाका सहभागी एक पर्सा निवासी नेपालीमा कोरोना संक्रमण

नयाँदिल्ली

भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।

भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए। उनीहरु दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेलामा सहभागी थिए। अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्ला रहेका छन्।

दिल्ली, आन्ध्र प्रदेश, तमिलनाडु, तेलांगनामा विगत केही दिनयता पहिचान भएका कोरोना संक्रमित सबैजसो तबलिगी भेलाका सहभागी भएको खुले छि भारतको गृहमन्त्रालय र मातहतका निकायले उक्त भेलाका सबै सहभागीहरुको खोजीलाई तीव्रता दिएको थियो। त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो। त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो। कोरोनाको लक्षण देखिएका दुई जना नेपाली र एक श्रीलंकालीलाई भने आइसोलेसनमा राखिएको थियो। र, गत बुधबार उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। परीक्षणको रिपोर्ट बिहीबार साँझ आएको हो। जसमा ६६ वर्षीय नेपाली पुरुषको कोभिड–१९ भाइरस देखिएको हो। कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ। र, उनको स्वास्थ्य अवस्था सामान्य रहेको अम्बाला जिल्लाका प्रमुख स्वास्थ्य अधिकृत डा. कुलदिप सिंहले कान्तिपुरलाई जानकारी दिए। ‘अरु कुनै समस्या नभएकाले रिपोर्ट पोजिटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने।

परीक्षण गरिएका अर्का एक नेपालीको रिपोर्टमा भने कोरोना संक्रमण नदेखिएको डा. कुलदिप सिंहले बताए। अम्बाला पुगेका अन्य ६ जना नेपालीको भने परीक्षण हुन बाँकी छ। र, उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य छ। अम्बाला पुगेका आठै जना भेलाका सहभागी सबै जना पर्सा जिल्लाका रहेका छन्।

दुई साताअघि दिल्लीको निजामुद्दिनको बेंगलवाली मस्जिदमा रहेको मरकज –केन्द) मा मुस्लिम धर्मावलम्बीहरुमध्येको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेला (जमात) आयोजना गरिएको थियो। ५ मार्चदेखि १३ मार्चसम्म चलेको उक्त भेलामा भारतीय र विदेशीगरी चार हजारभन्दा बढीको सहभागिता रहेको बताइएको छ। तिनीहरुमध्ये एक हजार पाँच सयभन्दा बढी २४ मार्चअघि नै हिँडिसके पनि देशव्यापी लकडाउनका कारण हजारभन्दा बढी त्यहीँ रोकिएका थिए। तर, भेलामा सहभागी भएकाहरुमध्ये दिल्लीका २४ जनामा कोरोना देखिएपछि स्थानीय प्रशासनले त्यहाँ रहेका सबैलाई बाहिर निकालेको थियो। जसमध्ये एक हजार ८ सय जनालाई क्वारेन्टाइनमा पठाइएको थियो। साथै भारत सरकारले भेलाका स्वदेशी र विदेशी सबै साहभागीको खोजी सुरु गरेको थियो।

भेलामा ठ्याक्कै कति नेपाली सहभागी थिए भन्ने अझै यकिन हुन सकेको छैन। दिल्लीस्थित नेपाली दूतावासले भने भेलामा २० जना नेपाली सहभागी रहेको जनाएको छ। त्यसबाहेक निजामुद्दिनकै मदरसामा अध्ययनरत १३ जना विद्यार्थी भेलामा सहभागी रहेको बताइएको छ। हाल उनीहरु सबैलाई हरियाणाको नरेलामा क्वारेन्टाइनमा राखिएको छ। र, उनीहरुमा हालसम्म कोरोनाको लक्षण देखिएको छैन।

तर, अम्बालाको पछिल्लो घटनाले नेपालीहरुको संख्या धेरै हुने देखाएको छ। भारतीय सुरक्षा स्रोतले नेपालीहरुको संख्या प्रस्ट हुन अझै केही दिन लाग्ने बताएका छन्। स्रोतका अनुसार उत्तरप्रदेश र राजस्थानमा पहिचान गरिएका भेलाका सहभागीहरुमध्ये केही नेपाली नागरिक रहेका छन्। तर, तिनीहरुको प्रस्ट विवरण भने आउँन बाँकी रहेको छ। र, भेलाका नेपाली सहभागी पनि अरुसँगै भारतका विभिन्न राज्यमा पुगेको हुनसक्ने भारतीय सुरक्षा स्रोतले दाबी गरेको छ। र, अम्बालाको पछिल्लो घटनाले पनि त्यसलाई केही हदसम्म पुष्टि गर्छ।

विगत केही दिनयता पुष्टि भएका कोरोना केसहरुमध्ये अधिकांशको तार निजामुद्दिन भेला जोडिएकाले नरेन्द्र मोदी सरकारका लागि कोरोना महामारी नियन्त्रण ठूलो टाउको दुखाइ बनेको छ। भारतको स्वास्थ्य मन्त्रालयले हालसम्म पहिचान भएका २ हजार ६ सयभन्दा बढी कोरोना संक्रमितमध्ये ६४७ को सम्बन्ध त्यो भेलासँग जोडिएको दाबी गरेको छ। पछिल्लो चार दिनमा मात्र भारतमा १२ सयभन्दा बढी नयाँ केस देखिएका छन्।

त्यसमध्ये एक चौथाइको केसको तार निजामुद्दिन भेलासँग जोडिएको दाबी भारतीय अधिकारीहरुले गरेका छन्। त्यसैगरी भारतका १८ राज्यहरुमा पहिचान भएका संक्रमितहरुको सम्पर्क दिल्लीको तबलिगी जमातसँग रहेको दाबीसमेत मन्त्रालयको छ। भारतमा हालसम्म कोरोनाका संक्रमणबाट ६२ जनाको मृत्यु भएको छ भने १६३ जना उपचारपछि निको भइसकेका छन्।

 स्रोत ekantipur 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP