Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पत्रकार र सञ्चारमाध्यमलाई समेत राहतको प्याकेज ल्याउन माग

काठमाडौं । श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई समेत राहतको प्याकेज ल्याउन सरकारसँग माग गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर पत्रकार महासंघले लकडाउनमा समेत कार्यक्षेत्रमा खटिने पत्रकारलाई विशेष बिमासहित निःशुल्क उपचार गर्न माग गरेको हो ।

तीन जिल्लाका अध्यक्षले श्रमजीवी पत्रकारलाई तत्काल राहत प्याकेज दिन माग गर्दै लकडाउनको अवधिमा पत्रिका प्रकाशन गर्न कठिन भएको हुँदा सरकारले दिने सहुलियत यथावत् कायम गर्न माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सन्तराम बिडारी, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारसँग यस्तो माग राख्दै सचेत भएर सतर्कतापूर्वक पेसागत धर्म निर्वाह गर्न पनि सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

जोखिमका वेला सञ्चारकर्ममा जुटेका सञ्चारकर्मीको स्वास्थ्यको सवालसँगसँगै आर्थिक पक्ष पनि अहिलेको चासोको विषय भएको प्रष्ट्याउँदै महासंघले पत्रकारका लागि समयमै पारिश्रमिक भुक्तानी र कार्यालयमा आउन–जान सवारीसाधनको व्यवस्था गर्न सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP