Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना प्रभावः कारागारभित्रै आइसोलेसन, छुट्न थाले कैदीबन्दी

काठमाडौं । मुलुकका विभिन्न कारागार र बाल सुधारगृहबाट ३०५ जनालाई रिहा गरिएको छ । कारागारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम गर्न एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका बालबालिका तथा कैदीबन्दीलाई रिहा गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

मुुुलुकका विभिन्न बाल सुधारगृहबाट एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका १७४ जना बालबालिका र कारागारबाट १३१ गरी जम्मा ३०५ जनालाई बिहीबारसम्म रिहा गरिएको जानकारी कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले दिनुभयो । उहाँका अनुसार सुधारगृहमा रहेका बालबालिकालाई अदालतको रोहबरमा आमाबाबु वा अभिभावकको जिम्मा लगाइएको छ ।

कारागारबाट छुट्न पाऊँ भन्दै बिहीबारसम्म ३४६ जनाले विभिन्न कारागारमा निवेदन दिएका थिए । बाँकी निवेदनमाथि आवश्यक कारबाही अगाडि बढाइएको उहाँले बताउनुभयो । सर्वोच्च अदालतले दिएको आदेशअनुसार मुद्दाको अन्तिम टुङ्गो लागेकाकहरू रिहा भएका हुन् । पुनरावेदन चलिरहेका मुद्दाका कैदीबन्दी भने अहिलेको अवस्थामा रिहा हुन नसक्ने उनले स्पष्ट पार्नुभयो ।

कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिन नदिन एक वर्षभन्दा कम कैद सजाय भएका कैदीबन्दीलाई रिहा गर्नुपर्ने महान्यायाधिवक्ताको कार्यालयको अनुरोधमा सर्वोच्च अदालतबाट भएको आदेशका आधारमा कैदीबन्दी रिहा गर्न सुरु गरिएको हो । मुलुकभरिका विभिन्न कारागारमा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्न लागिएको जानकारी महानिर्देशक कणेलले दिनुभयो ।

सुनसरीको झुम्का कारागारमा प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा १२ जना बिरामीका लागि क्वारेन्टाइन निर्माण गरिएको जानकारी उहाँले दिनुभयो ।

कारागारभित्रै आइसोलेसन

सुन्धारास्थित केन्द्रीय कारागारमा बीस जनालाई राख्ने गरी क्वारेन्टाइन निर्माण गरिएको छ भने ललितपुरस्थित नख्खु कारागारको मनोपरामर्श अस्पतालमा बीस जनाका लागि आइसोलेसन निर्माण गरिएको छ । सोही अस्पतालको महिला वार्डमा एक सय जनाका लागि क्वारेन्टाइन निर्माण गर्ने निर्णय भइसकेको जनकारी उहाँले दिनुभयो ।

कारागारहरूमा नयाँ आउने कैदीबन्दीलाई कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा राखेर मात्र कारागारभित्र प्रवेश गराइने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यस वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार मुलुकभरिको कारागारमा पुरुष २३ हजार ४३१, महिला एक हजार ४९७ जना, आश्रित ८४ जना, विदेशी एक हजार २१४ जना गरी कुल कैदीबन्दी २४ हजार ९२८ जना छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP