Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

६४ हजारको मृत्यु, १२ लाख संक्रमित ‘कुन देशको अवस्था कस्तो’

काठमाण्डौ । कोरोना भाइरसले अहिलेसम्म (चैत २३, १२:००बजे) ६३ हजार ८ सय ९४ जनाको ज्यान लिएको छ । त्यसैगरि अहिलेसम्म कुल ११ लाख ८२ हजारभन्दा बढि संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ४४ हजार निको भएका छन् । तर उपचाररत ८ लाख ७४ हजारमध्ये करिब ४२ हजारको अवस्था गम्भीर छ ।

सबैभन्दा बढि संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ६ सय पुगेको छ । त्यस्तै एकदिनमै अमेरिकामा २३ हजार ४ सय ६४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने ७ सय ५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय ५७ पुगेको छ । त्यस्तै शनिबारै फ्रान्समा सबैभन्दा बढी १ हजार ५३ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमित हुनेको कूल संख्या ८२ हजार ९ सय पुगेको छ । मर्नेको संख्या ७ हजार ५ सय ६० पुगेको छ ।

सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ । इटालीमा एकैदिन ६ सय ८१ जनाको मृत्यु भएको छ भने कूल मृतकको संख्या १५ हजार ३ सय ६२ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ६ सय ३२ पुगेको छ । उता स्पेनमा एकैदिन ५ सय ४६ जनाको मृत्यु भएको छ ।

योसहित स्पेनमा मनेको संख्या ११ हजार ७ सय ४४ पुगेको छ । त्यसैगरि चिनमा मर्नेको संख्या ३ हजार २ सय २६ पुगेको छ । नियन्त्रणमा आइसकेको भनिए पनि चिनमा १९ जना नयाँ संक्रमित भेटिए भने ४ जनाको मृत्यु भएको छ । चिनमा अहिले पनि १५ सय ५८ जनाको उपचार भइरहेको छ । त्यहाँ कुल संक्रमितको संख्या ८१ हजार ६ सय ३९ हो ।

छिमेकी मुलुक भारतमा अहिलेसम्म ३ हजार ८२ जना संक्रमित छन् भने ८६ जनाको मृत्युु भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP